सलोजा दाहाल
‘प्रकृतिले न्याय गर्छ, मानिसलाई अन्याय पर्न दिदैन’ काग्रेस नेतृ लक्ष्मी खतिवडालाई यही विश्वास छ । २०४० सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको खतिवडाको यात्रा निरन्तर छ । ‘राजनीतिमा लाग्ने सबैले पद पाएका हुदैनन । सबैलाई सबै समयमा पद हुनैपर्छ भन्ने मान्यतापनि गलत हो ।’ खतिवडा भन्छिन् ‘राजनीति भनेको सेवा हो, जहाँबसेर गरेपनि हुन्छ ।’
२०२९ साल साउन ९ गते सोमबार सुनसरीको पानबारीमा आमा चन्द्रकला र बुबा माधव प्रसाद खतिवडाको छैटौ सन्तानको रुपमा लक्ष्मीको जन्म भएको हो । उनी हुर्कदै गर्दा नेपालमा पञ्चायत विरोधी आन्दोलनपनि क्रमश बढ्दै थियो । २०४६ सालमा पञ्चायत विरोधी आन्दोलनसंगै नेविसंघ गाँउ इकाइको सभापति, जिल्ला सदस्य, कोषाध्यक्ष, सह सचिव हुदै २०५३ सालमा त केन्द्रिय सदस्य भइन । त्यसपछि तरुणदलको केन्द्रिय सदस्य भइन । बालकृष्ण खाँड सभापति भएको तरुणदलको महिला विभाग सह संयोजक भएर समेत काम गरिन् ।
‘त्यसबेला सक्रिय रुपमा राजनीतिमा लाग्नेको प्रभावकारीता नै फरक हुन्थ्यो ।’ लक्ष्मी भन्छिन् ‘ जुझारु त्यो समय सम्झदा अहिलेपनि जोश आउछ ।’
कृष्णप्रसाद भट्टराइ प्रधानमन्त्री भएको बेला, २०५६ सालमा राजनीतिमा लागेका महिलाको सम्पूर्ण विकासका लागि कांग्रेसले अघि सारेको महिला जागृति तथा आय आर्जन कार्यक्रमको सुनसरीको अध्यक्ष भएर काम गरिन् । ‘त्यसको प्रभावकारीता साच्चै धेरै थियो । प्रमुख जिल्ला अधिकारीपनि कार्यक्रमको सदस्य हुन्थे । त्यो कार्यक्रम महिलालाई घर बाहिर निकालेर नेता बनाउन र नेतृत्वकोे विकास गर्नका लागि ल्याएको कार्यक्रम थियो ।’

साथीहरुसंग खुबै हासी मजाक गर्ने लक्ष्मी जस्तो सुकै परिस्थितीलाई पनि सहज स्वीकार गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छिन । बुलेट बाइकमा सरर गुड्ने लक्ष्मीलाई अर्काको राम्रो घर, सुन्दर जोडी देखेर अहिलेसम्म अलिकतिपनि लागेको छैन । भन्छिन ‘आज भोली बुबा आमासंग हासी खुसी बसेको देख्दाभने आफूलाई इस्या लागेझै हुन्छ । तर साथीहरुको प्रगतिदेख्दाभने आनन्द आउछ ।’
नेपालमा एकदलीय पञ्चायतकाल विरुद्धको आन्दोलन चर्किरहेको थियो । विद्यालयमा पढाउने बालेश्वर यादवपनि पञ्चायत विरोधी थिए । उनले कक्षामा होस या बाहिर पञ्चायत विरोधी कुराहरु गरिरहन्थे । त्यसको प्रभाव विद्यार्थीलाई नपर्ने कुरै भएन ।
कहिले काही गाँउमा आइपुग्ने आन्दोलनका पक्षधर पत्रपत्रिका पढ्दा, प्रजातन्त्रको पक्षमा गरिने भाषण सुन्दा होस या प्यारोडी र कविता सुन्दा आफूलाई छुट्टै उर्जा प्राप्त भए झै लाग्थ्यो । जसले तत्कालका लागि आन्दोलनमा लाग्ने प्ररणा मात्र दिएन, जीवन नै पूर्ण रुपमा राजनीतिमा समर्पित हुने साहस समेत जुटायो ।
अझ लक्ष्मी त धेरै उत्साही पनि थिइन । नेपालमा प्रजातन्त्र पुर्नस्थापनाको चरणमा थियो । तीनै बालेश्वर सरले प्रजातन्त्रमा प्रधानमन्त्री सबैभन्दा शक्तिशाली हुन्छ भन्ने जानकारी गराए । त्यो थाहा पाएदेखि खतिवडाको बाल मस्तिष्कले प्रधानमन्त्री बन्ने सपना देखेको छ । त्यो सपना निरन्तर कायम छ । यो मुलुकको पहिलो प्रधानमन्त्री महिला बन्ने उनको लक्ष्य छ । लक्ष्मी भन्छिन ‘ढिलो चाडो भन्ने मात्र हो, मान्छेले देखेको सपना पूरा भएरै छोड्छ ।’
गाँउमा त्यसबेला एका दुइ रेडियो थिए । गाउलेहरु भेला भएर समाचार समाचार सुन्ने चलन थियो । गाँउमा कहिलेकाही पत्रपत्रिका आइपुग्थे । त्यसमाथि गाँउमा राजनीतिक सक्रियता अझै बढी थियो । २०४५ सालमा पञ्चायत विरोधी आन्दोलनमा एक घर एक जना जानैपर्ने नियम बन्यो । त्यसबेला घरबाटपनि लक्ष्मीलाई नै आन्दोलनमा पठाउने सहमती भयो । उनी आन्दोलनमा सक्रियताका साथ लागिन् ।

तर राजनीतिमा लागेकोबेला पाएको दुःखले उनलाई दुखाएको छैन् । ‘सुख पाउनेहरुल होइन, दःख पाउने, दुःखी र अन्यायमा परेकाले मलाई सम्झिन्छन् । आफ्नो क्षमताले भ्याए सम्मको सरसहयोग गर्छु ।’ कानून व्यवसायी समेत रहेकी लक्ष्मी भन्छिन ‘अन्यायमा परेकालाई न्याय दिलाउन मात्र सकेपनि अपार आनन्द आउछ । मैले अहिले त्यही काम गरिरहेकी छु ।’
राजनीतिलाई पेशा नभइ सेवाको भावबाट अघि बढ्नुपर्ने उनको धारणा छ । राजनीतिलाई नै पेशा बनाएर व्यापारीकरण गरेकै कारण मुलुकमा भ्रष्टचारले सीमा नाघेको उनको बुझाइ छ । शुरक्षा निकायमाथि राजनीतिको नाड्गो हस्तक्षपले कसैको भलाइ नगर्ने लक्ष्मीको बुझाइ छ । अझ राजनीतिक दलका नेताहरुले नै सार्वजनिक पदहरुलाई क्रय विक्रयमा राखेको उनलाई पटक्कै मन परेको छैन ।
‘कसैले प्रत्यक्ष त कसैले अप्रत्यक्ष रुपमा पदलाई विक्रिमा राखेका छन् । यही पद क्रय विक्रयको अबस्थाले त मुलुकमा भ्रष्टचारले सीमा नाघेको छ नी । जुन मुलुकको लागि र्दुघाग्य हो ।’ आफूलाई चित्त नबुझेको कुरालाई स्पष्टरुपमा राख्न सक्ने क्षमता भएकी लक्ष्मी भन्छिन् ‘राजनीतिमा नैतिकताको खडेरी छ । त्यसको अन्त्य भएमात्र सबैको भलो हुन्छ ।’
विद्यार्थी कालको सुरुवाती चरणमा कम्युनिष्ट आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी लक्ष्मी पछि मात्र कांग्रेसमा आबद्ध भएकी हुन् । भन्छिन ‘पूर्ण स्वतन्त्रताका लागि प्रजातन्त्र÷लोकतन्त्र आवास्यक छ । त्यसकोलागि उत्तम विचारधारा भनेको नै नेपाली कांग्रेससंग छ भन्ने बुझेँ ।’
सिद्धान्तमा कांग्रेस अन्य दलभन्दा उत्कृष्ट भएपनि सही नेतृत्वको अभावका कारण पार्टीभित्र आन्तरिक रुपमा स्वच्छ प्रतिस्पर्धा नभइ एक अर्कालालई खुइल्याउने प्रवृतिको बढेको छ । त्यसले पार्टीलाइ नै कम्जोर बनाउने उनको बुझाइ छ ।
‘पार्टीभित्र संख्यात्मक विषयलाई मात्र प्राथमिकतामा राखेको देखिन्छ र छुट्टैखाले विचार भएकाहरुलाई पनि प्राथमिकतामा राखेर समेट्दै लानुपर्छ ।’ लक्ष्मी भीन्छन् ‘फरक फरक विचारलाईपनि समेट्न सकेमात्र विविधतामा एकता हुन सक्छ । जसले गर्दा पार्टीलाई थप बलियो बनाउछ ।’
कांग्रेस मास वेश पार्टी हो । त्यसैले आफ्नो कार्यकर्तालाई मात्र मिलाएर लान सक्यो भने अन्य विषयले पार्टीलाई असर नपर्ने उनको बुझाइ छ ।
अहिले नेपालमा बाम एकता भएपनि कांग्रेसले सही निर्णय गर्न सके कांग्रेसको लागि सबैभन्दा उत्तम समय भएको उनको बुझाइ छ । लक्ष्मी भन्छिन ‘कांग्रेस नेतृत्वले गुटमा नलागी समग्र कांग्रेसलाई अगाडी बढाउनका लागि सही उमेद्वारको चयन गर्नु आवास्यक छ, जसले जनमत प्राप्त गर्न सक्छ ।’
नेपालमा प्रजातन्त्र पुर्नस्थापना कांग्रेसको भातृसंगठन नेविसंघ, तरुणदल हुदै पार्टीमा पनि निरन्तर क्रियाशील छन् । सुशील कोइरालालाई अत्यन्तै मान्ने लक्ष्मीलाई उनको अप्रत्याशित मृत्युले अत्यन्तै पोलेको थियो । त्यसपछि सिटौलाले टिम छोडेको बेला अत्यन्तै दुखी भएको बताउछिन् । पार्टीमा जुनवेला एकताको खाँचो थियो त्यहीबेला फूट्यो । त्यसले असल कार्यकर्ता र नेतालाई दुबैलाई असह्ैय पिडा दियो । लक्ष्मी भन्छिन ‘कांग्रेस फूटेर आफैलाई घाटा हुन्छ्, त्यसैले जुटेर जानुको विकल्प छैन । एकले अर्काको खुट्टा तान्ने होइन, हातमा हात मिलाएर अघि बढ्नुपर्ने अहिलेको आवास्यकता हो ।
भर्खर भएको तरुणदलको अध्यक्षको प्रत्याशीको रुपमा देखिएकी लक्ष्मी निर्वाचन नभएपछि पछाडी परिन । भन्छिन ‘पार्टीले मिलाउने नाममा प्रतिस्पर्धा गर्नबाट समेत रोक्यो । जसका कारण अब तरुणदलबाट राजनीति गर्ने अध्याय नै समाप्त भयो ।’
लामो समयसम्म पार्टीको कुनैपनि पदमा नरहेकी लक्ष्मी अब हुने प्रदेश वा संघको निर्वाचनका लागि ससक्त उमेद्वार हुन् । भन्छिन् ‘जनमत मेरो पक्षमा छ, अब नेतृत्वले अवसर दिनुपर्छ ।’
0 Comments