Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, असोज । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको एकमात्र सामुदायीक अस्पताल ‘नेपाल—कोरिया मैत्री अस्पताल’ लाई केन्द्रीयस्तरको रेफरल अस्पतालको रुपमा विकास गर्न मध्यपुर ठिमी नगरपालिका तयार रहेको नगरपालिकाले जनाएको छ ।
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत मध्यपुर ठिमी नगरपालिकाद्वारा मेचडाँडामा सञ्चालित ५० शै्ययाको सो अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न केन्द्रीयस्तरको रेफरल अस्पतालको रुपमा विकास गर्न सुझाव संकलन गर्ने उद्धेश्यले अस्पतालमा आयोजित कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालको विकास र स्तरोन्नतिका लागि प्रतिवद्धता जनाएका हुन् । 

अस्पतालको विकास र प्रवद्र्धनमा स्थानीय जनता, चिकित्सक तथा सर्वसाधारणको राय संकलन गर्ने उद्धेश्यले अस्पतालमा अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको थियो ।  मध्यपुर नगरक्षेत्रमा वस्ती विकासको तुलनामा जनसंख्या बढ्दै गएको अवस्थामा सामुदायीक स्तरको एकमात्र सो अस्पताललाई अत्याधुनिक, सुविधा सम्पन्न र सरल बनाउन अत्यावश्यक भईसकेको नगरप्रमुख श्रेष्ठले बताए । 
मध्यपुर ठिमीवासी सबै नीजि अस्पतालमा उपचार गर्नसक्ने आर्थिक क्षमताका नभएकोले नगरभित्र रहेको सो अस्पताललाई तत्कालै सुविधासम्पन्न र सुधार गर्नु आवश्यक रहेको उनले औंल्याए । नगरपालिकाले हालैमात्र अस्पतालकौ भौतिक तथा पुर्वाधार विकासको लागि १ करोड रुपैया विनीयोजन गर्नुका साथै नगरपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स विहीबारमात्रै सो अस्पताललाई हस्तान्तरण गरेको छ । यसको अलावा सो अस्पतालमा थप नयाँ एम्बुलेन्स पनि आउने क्रममा रहेको छ । 

मुलुकको एकमात्र छारेरोग अस्पतालको रेफरल सेन्टरको रुपमा रहेको सो अस्पताललाई भक्तपुरमात्रै होइन पुर्वका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका विरामीहरुको लागि सो अस्पताल पायक पर्छ । ‘अब छारेरोगको रेफरल मात्रै होइन बाहिर जिल्लाबाट आउने सबैप्रकारका विरामीको लागि रेफरल सेन्टर बनाउनु आवश्यक छ’ नगरप्रमुख श्रेष्ठले भने । 

५० शैय्याको सो अस्पतालमा हाल वहिरंगतर्फ दैनिक करीव २ सय तथा अन्तरंगमा करीव ४० शैय्या भरिने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित नेपालको एकमात्र सामुदायीक अस्पताल भएकोले सो अस्पताललाई त्यस मन्त्रालय अन्तर्गतका सम्पुर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीहरुलाई उपचार सेवा दिने केन्द्रीय रेफरल अस्पतालको रुपमा विकास गर्न अस्पतालका कार्यकारी निर्देशक डा. रौशनको नेतृत्वमा गतवर्षदेखि स्थानीय विकास मन्त्रालयमा आवश्यक कार्य अघि बढीसकेको छ । 

सो कार्यको लागि डा. रौशनको नेतृत्वमा अस्पतालका प्रशासकीय प्रमुख कैलाशप्रसाद देव, सञ्चारकर्मी बलराम प्यासी तथा अस्पतालका शुभचिन्तक विष्णु बस्याल समेतको टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यसको पहल गर्दै आएको छ । टोलीले यसअघिका स्वास्थ्यमन्त्री गगन थापा, स्थानीय विकास मन्त्रालयका अधिकारीहरुलाई भेटेर अस्पतालको विकासको लागि पहल गरेको थियो । 

स्त्री तथा प्रसुती, वालरोग, मुटु, इएनटी लगायत प्रायः सबै रोगको उपचारका साथै २४सैं घण्टा आकस्मिक तथा एम्बुलेन्स सेवा, शल्यक्रिया, लगायतका सेवा रहेको सो अस्पतालले निकट भविष्यमै नर्सि¨ विषयको अध्यापनको तयारी समेत गरिरहेको छ । 

यसको लागि अस्पतालले सम्पूर्ण प्रकृया पुरयाएर प्राविधकि शिक्षा तथा व्यवसायीक तालीम परिषदमा कक्षा सञ्चालनको लागि आवेदन दिएको अस्पतालका कार्यकारी निर्देशक तथा अस्पताल सञ्चालक समितिका सदस्यसचिव डा.दीपेन्द्रकुमार रौशनले बताए । 

मध्यपुर नगरपालिकाबाट वार्षिक १८ लाख बजेट निकासा भइरहेको तथा दक्षिण कोरियाको रोज क्लवले मासिक एकहजार अमेरिकी डलर सहयोग दिइरहेको सो अस्पतालको अन्य आय भनेको इपिएस प्रणालीमा कोरियामा काम गर्न जाने नेपालीहरुको स्वास्थ्य परीक्षण वापत वार्षिकरुपमा पाउने शुल्क करीव एक करोड रुपैयाँ रहेको छ ।

यसवाहेक अस्पतालमा उपचारको लागि आएका वहिरंग र अन्तरंगका विरामीबाट संकलित शुल्क नै अस्पतालको आयस्रोत भएको सदस्यसचिव डा.रौशनले बताए । 

दक्षिण कोरियाको क्योंहि इन्टरनेशनल मेडिकल कोअपरेशन मार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर ठिमी नगरपालिकाले लिएर सञ्चालन गरेपछि सन् २००९ मा ‘कोरिया नेपाल मैत्री अस्पताल’ बनेको थियो । केहीदिन अघिमात्रै सो अस्पताल ‘कोरिया—नेपाल मैत्री अस्पताल’बाट ‘नेपाल—कोरिया मैत्री अस्पताल’मा रुपान्तरण गरिएको थियो । 

मध्यपुर ठिमी नगरपालिकाद्वारा सो अस्पताल सञ्चालन गरेदेखि गत आर्थिक वर्षसम्म भए गरेका कार्यप्रगती र समस्याका बारेमा अस्पतालका कार्यकारी निर्देशक डा.दिपेन्द्रकुमार रौशनले जानकारी गराएका थिए । 

छारेरोगको एकमात्र रेफरल अस्पतालको रुपमा रहेको सो अस्पतालमा एकवर्षको अवधिमा ७ सय ९१ जना छारेरोगीको उपचार गरिएको वरिष्ठ छारेरोग विशेषज्ञसमेत रहेका कार्यकारी निर्देशक डा.रौशनले भने । 
अस्पतालमा २६ जना चिकित्सकका साथै स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी गरि १ सय २२ जना कार्यरत छन । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply