Ticker

6/recent/ticker-posts

प्रहरीको सरसफाई कार्यक्रममा बेलायती सैनिक प्रशिक्षार्थी(फोटो फिचर)

बलराम प्यासी
काठमाडौं, २० असोज । बेलायती गोरखा सेनामा प्रवेशका लागि कठिन शारिरीक तालीम लिने क्रममा अरु दिन डोकोमा ढुंगा या साथीलाई काँधमा बोकेर दौंडिने गरेका युवाहरु शुक्रबार भने कोटेश्वर महादेव मन्दीर प्रांगणमा कुचो, खरेटो र सावेल बोक्दै झाडीका घाँस उखेल्न व्यस्त थिए ।
६२ औं प्रहरी दिवसको अवसरमा सामुदायीक प्रहरी सेवा ३२ नं वडा कोटेश्वर तथा ३१ नं वडा बानेश्वर र सामुदायीक सेवा तथा विकास समाज कोटेश्वरले संयुक्तरुपमा कोटेश्वर महादेव मन्दीर परिसरमा आयोजना गरेको वृहत सरसफाई कार्यक्रममा उनीहरु व्यस्त देखिएका हुन ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक प्रहरी शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेन्द्रप्रसाद भट्टको सहभागितामा आयोजित सो सरसफाई कार्यक्रममा कोटेश्वरको लोयल गोर्खा ट्रेनि¨ सेन्टरमा बेलायती सेनामा भर्तीका लागि तालीम लिइराखेका करीव १ सय ५० जना प्रशिक्षार्थीले भाग लिएको सामुदायीक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्र पुजाराले बताए ।
सरसफाई कार्यक्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डे, सामुदायीक प्रहरी सेवा वडा नं ३१ बानेश्वरका प्रमुख प्रहरी नायव निरीक्षक बासुदेव नेपाल लगायत कोटेश्वरका ट्राफिक प्रहरी तथा सामुदायीक सेवा तथा विकास समाजका पदाधिकारी एवम् मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मी, स्थानीय क्लव र वेष्ट कन्सर्नका प्रतिनिधिको सहभागिता थियो ।
सबैको सहभागितामा कोटेश्वर महादेव मन्दीर प्रांगण, परिसर र त्यस भेगको सफाई भएकोमा सरसफाईमा संलग्न सबैलाई समाजकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीले धन्यवाद दिइन ।

Post a Comment

0 Comments