काठमाडौं, २४ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताएका छन् ।
गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
“नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिएको अवस्थामा एनआरएनको सम्मेलन हुन लागेको छ यो सम्मेलनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ,”– नेता सिंहले भने । उनले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको समस्या समाधानका लागि एनआरएनले गरेको सहयोगको प्रशंसा गरे ।
नेता सिंहले भूकम्पको समय होस् वा बाढीपहिरोको समयमा होस् एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देश विकासमा पनि योगदान पु¥याएको छ भने । उनले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियाबाट एनआरएन चलेको छ भन्दै अधिवेशन सफलताको कामना गरे ।
कार्यक्रममा काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ सोही दलका केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका प्रतिनिधिका साथै एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो ।
1 Comments
Even if you’re not used 1xbet korea to the on line casino gaming house, there’s a good chance you’ll in a position to|be capable of|have the flexibility to} point out a few on-line casinos. That’s because of the good advertising strategies popular casinos use. These advertising methods include creating blogs, boosting search engine optimization, promoting on social media, and e mail advertising.
ReplyDelete