भक्तपुर असोज । एसओएस वालग्राम अन्तर्राष्ट्रियका मानार्थ अध्यक्ष हेल्मुट कुटिन १६ दिने भ्रमणका लागि नेपाल आएका छन् ।
एसओएस वालग्राम सानोठिमीमा आएका मानार्थ अध्यक्ष कुटिनलाई एसओएस वालग्राम नेपालका अध्यक्ष इश्वरीप्रसाद शर्मा, वालग्रामको सानोठिमीका निर्देशक (फादर) खगेन्द्रकुमार नेपाल, वालग्रामको १६ वटै घरका आमा, काकी तथा वालवालिकाले सानोठिमीमा स्वागत गरेका थिए । उनी हाल सानोठमीस्थित सो वालग्रामको पाहुनाघरमा बसेका छन् ।
एसओएस वालग्राम नेपालको हितैषि तथा शुभचिन्तक समेत रहेका मानार्थ अध्यक्ष कुटिन हरेक वर्षको दशैंताका नेपाल आएर वालवालिकासंग रमाउने गरेका छन् । कुटिन शुक्रबार एसओएस वालग्राम जोरपाटी गएर त्यहाँको वस्तुस्थितिबारे अध्ययन गरेकाथिए ।उनलाई सो वालग्रामका निर्देशक रविन नेपालीले जानकारी गराएका थिए ।
१३२ वटा मुलुकमा रहेको एसओएस वालग्राम अन्तर्राष्ट्रियको दुई कार्यकाल अर्थात ८ वर्षसम्म अध्यक्ष भईसकेका उनी केहीवर्षदेखि मानार्थ अन्तर्राष्ट्रिय अध्यक्ष हुन । एसओएस वालग्राम अन्तराष्ट्रियको अध्यक्ष रहँदा उनले आफ्नो ६० औं जनमोत्सवको अवसरमा संकलन गरेको करीव ६ करोड रुपैयाँबाट चितवनमा नयाँ एसओएस वालग्राम बनाइएदिएका कुटिन नेपाल आउँदा हरेक पटक एसओएस वालग्राम चितवन गएर त्यहाँ वस्दै आएका वालवालिकासंग रमाउँदै आएका छन् । त्यहाँ १ सय ५० जना वालवालिका आश्रीत छन भने सो वालग्रामको हातामा निर्माण गरेको हर्मन माइनर विद्यालयमा एकहजार भन्दा बढी विद्यार्थीले पढ्ने मौका पाएका छन् ।
0 Comments