Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ५ कार्तिक । इंग्लिस प्रिमियर लिगको अन्तर्गत यो सिजनमा अपराजित रहँदै आएको म्यानचेस्टर युनाइटेडले हर्डस्फिल्ड टाउनसँग पहिलो हार व्यहोरेको छ ।

 शनिबार राति भएको खेलमा हर्डस््फिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई २–१ को गोल अन्तरले हराउन सफल भएको हो । हर्डस्फल्डका लागि आरोन मोयले खेलको २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । मोयले युनाइटेडका गोलरक्षक डेभिड डे गेयाबाट रिबाउन्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए । लरेन्ट डेपोएट्रेले हर्डस्फिल्डका लागि दोस्रो गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका तर्फबाट भने मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा एक गोल फर्काएका थिए ।  सन् १९५२ पछि हर्डस्फिल्डले म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो जित हात पारेको हो । शनिबारको खेलपछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि परेको छ । ९ खेलबाट युनाइटेडको २० अंक रहेको छ भने समान खेलबाट सिटीको २५ अंक रहेको छ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply