Ticker

6/recent/ticker-posts

गिनिज वर्ल्ड रेकर्डर सुवेदीले विश्वभर अवार्ड गरेरै नेपालकाे शीर उचाे राख्ने

कठमाडौं, असोज । एक युगमा एक पटकमात्र हरेक देशमा वितरण गरिने पृथ्वी परिक्रमा अवार्ड आयोजना कार्यक्रम  दुवईको युएईमा भव्यरुपमा सम्पन्न भएको छ । अवार्ड अध्यक्ष रामबहादुर सुवेदी (आर .के)को अध्यक्षमा सम्पन्न भएको अवार्ड समाहरोमा युएई पहिलो पटक ५१ दक्ष व्यक्तिलाई अवार्ड, ५१ जना समाजसेवीलाई कदर पत्र, ५१ जना सहयोगी भवाना बोकेका अग्रजहरुलाइ सम्मान र ५१ जना युवा पुस्तालाई प्रोत्साहित गर्न प्रमाणपत्र प्रदान गरिएको हो । हालै सम्पन्न भएको उक्त पृथ्वी परिक्रमा अवार्ड नेपालका लागि ऐतिहासिक अवार्ड कार्यक्रम भएको अवार्ड अध्यक्ष सुवेदीले बताए । 

युएइका लागी नेपालका राजदुत नेत्रबहादुर टन्डन, एनआरआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका युएई अध्यक्ष चन्द्रप्रसाद सापकोटा, बिजनेस काउन्सिल युएई अध्यक्ष एकेन्द्र थापा, समाजसेवी सालिक सुवेदी, पत्रकार माहासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल, विभिन्न संघसंस्थाको प्रमुखहरु, हांस्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, पृथ्वी परिक्रमा अवार्ड युएई सम्योजक तथा नेपाली समाज युएई उपाध्यक्ष प्रवीणकाजी श्रेष्ठ लागायतले पृथ्वी परिक्रमा अवार्डको मैन बति बालेर उदघाटन गरेका थिए । 

नेपाली राष्ट्रिय गान बजाएर शुरु भएको अवार्ड कार्यक्रममा राष्ट्रिय गान बज्दा उपस्थित सबैले राष्ट्रको सम्मानमा आ–आफ्ना सिटबाट उठेर छातीमा हात राख्दै देशको सम्मान गरेका थिए । अवार्ड समारोहको उद्घाटनपछि राजदूत नेत्रबहादुर टण्डनले आफ्नो कार्यकालमा युएईमा देशप्रेमी नेपाली दाजुभाइहरुले नेपालबाट आएका गिनिज बुक होल्डर रामबहादुर सुवेदीको शुभकार्यक्रमो मुक्तकण्ठले प्रसंशा गरेका थिए । उलने विदेशमा बस्ने देश प्रेमीहरुलाई अवार्ड बाँडेर विश्व परिक्रममा गरी सम्मान गर्ने जुन शैली छ यसले आफूलाई गर्बलागेका बताए । उनले यात्राको क्रममा आइपर्ने विविध समस्यालाई सहयोग गर्न पनि अन्य देशका राजदूतहरुलाई मञ्जबाटै हार्दिक अनुरो गरे । 
हालै निर्वाचित एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठले आफू निर्वाचित भएपछि पहिलो कार्यक्रमका क्रममा पृथ्वी परिक्रमा अवार्डमा सहभागी भएको बताउँदै यस्तो गौरवशाली कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । उनले आफ्नो कार्यकाल सुखद् र उपलब्धिपूर्ण रहने संकेत यही कार्यक्रमले गरेको बताए । अध्यक्ष श्रेष्ठले एक नेपालीको छोराले संसार भरी घुमेर आफ्नौ प्रयासमा विदेशमा रहेर बस्ने देशप्रेमीहरुलाई यस्तो प्रकारको अवार्ड प्रदान गर्दा अझ हामीजस्ता प्रवासीहरुलाई अघि बढ्न ठूलो उर्जा थपिने बताए । उनले सुवेदी पृथ्वी परिक्रमा अवार्ड युएई पहिलो पाइला भएको हुनाले विश्वभर रहेका एनआरएनका साथीहरुलाई सहयोगको अपिल गरे । 

त्यसैगरी नेपाली समाजका युएई अध्यक्ष चन्द्रप्रसाद सापकोटाले आफ्नो युएई बसाई दुई दशकभन्दा पुरानो भएता पनि यसरी युएईमा रहेका नेपालीहरुमाझ यस्तो सम्मानको कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण युएईका नेपाली दाजुभाइलाई हार्दिक बदाइ दिए । विशेष गरी आयोजक अध्यक्ष सुवेदीको काम राष्ट्रका लागि निकै नै प्रसंशनीय भएको भन्दै उनको आगामी प्रयासमा सबै क्षेत्रले सहयोग गर्र्नुपर्ने धारणा राखे । मञ्चबाटै अध्यक्ष सापकोटाले विश्भरी छरिएर रहेका नेपाली समाजलाई सुवेदीको यात्रामा निस्वार्थ सहयोग गर्न अपिल गरे । त्यसैगरी बिजनेस काउन्सिल युएई अध्यक्ष एकेन्द्र थापा, समाजसेवी सालिक सुवेदी, पत्रकार माहासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल, विभिन्न संघसंस्थाको प्रमुखहरुले पृथ्वी परिक्रमा अवार्ड वास्तवमा राष्ट्रको शिर उचो बनाउने अवार्ड भएको बताउँदै यस्तो अवार्ड कार्यक्रमले नेपालको परिचय विश्वमाझ चिनाउन सहयोग मिल्ने धारणा राखे । 
उद्घटनसत्र पछि कार्यक्रममा उपस्थित सबैले यो एतिहासिक अवार्ड र पत्रकार सुवेदीको यो अभियान देशको गौरब भएकोमा सबै देशमा बस्नेहरुले निर्वात रुपमा सहयोगमा हतेमालो गर्न अपिल गरेका थिए । अवार्ड प्रमुख अतिथि, विशेष अतिथि,अतिथिहरुले संसार भरी पृथ्वी परिक्रमा अवार्ड सफल पार्न सबैमा हार्दिक अनुरोध गरेका थिए । एक युगमा एक पटक पृथ्वीको हरेक ठाँउमा बसेर विशेष गरी आ–आफ्नो क्षेत्रबाट निरन्तर निःस्वार्थ भावनाले नेपाललाई माया गर्ने स्वदेशी तथा विदेशीलाई पत्रकार सुवेदीको (आर.के. सुवेदी) पृथ्वी परिक्रमाको अवसरमा सम्मान पूर्वक प्रदान गरिने यस पृथ्वी परिक्रमा अवार्ड सेप्टेम्बर २९ तारिखको दिन दुबईको कार्टल टावरमा दिउँसो २ बजे देखि शुरु भएको थियोे । 

अवार्ड कार्यक्रम नेपालीहरुको महान पर्व दशैंको सम्मुखमा आयोजना गरिएको हुँदा उपस्थित सबैले दशैंको शुभकामना आदन–प्रदान गर्नुका सथौ अवार्र्ड सफलताको शुभकामना पनि दिएका थिए । अवार्ड आयोजक सुवेदीले यस भन्दा अगाडि पनि बक्स अफिस फिल्मी क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल गु्रपको आयोजनामा पहिलो पटक दुबईमा नेपाली चलचित्रको फिल्म अवार्ड, कलाकार र दुबई कलाकारको फुटबल लगायत विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिसकेका थिए । 

त्यसैगरी बक्स अफिसको आयोजनामा यस भन्दा अगाडि उडिरहेको प्लने भित्र, समुद्र मुनि, समुद्र माथि, र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन समेत सफल भएका थिए । अवार्ड आयोजना गरेरै पृथ्वीको एक फन्को लगाउने अभियानका साथ पत्रकार सुबेदीले नेपालका विभिन्न शक्ति सक्तिपीठमा पूजा गर्दै पहिलो चरणमा सेप्टेम्बर २९ तारिखको दिन दुबईमा अवार्ड आयोजनका लागि नेपालबाट पहिलो पाइला चालेका थिए । 
पोहिलो पट्क उद्घाटन गरिएको युएई पृथ्वी परिक्रमा अवार्ड निकै नै भव्य बनेको थियो । कार्यक्रममा हांस्यकलाकार महादेवले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थिए भने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि पस्किएको थियो । नेपाली तथा युएईमा रहेका कलाकारहरुले आफ्ना प्रस्तुति दर्शकमाझ पस्केका थिए । कलाकारहरुको बजोड प्रस्तुतिमा उपस्थित दर्शकहरुले पनि आफ्नो सिटबाट उठेर कलाकार लाई साथ दिएका थिए । पृथ्वी परिक्रमा अवार्डमा दुबईमा बसेर विगत लामो समयदेखि आफनो देशको हरेक क्षेत्र (समाजसेवा, उद्योग, व्यापार–व्यवसाय, कलाकारिता, साहित्य, पत्रकारिता, खेलकुद, स्वास्थ्य, संघसंस्था लगायत अन्य विशिष्ट क्षेत्र)मा योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न ५१ विधामा सम्मान ५१ बिधामा अवार्ड, ५१ बिधामा कदर पत्र र ५१ जना युवा पुस्ताका पीडिलाई प्रोत्साहनस्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । 

अवार्ड वितरणका लागि दुबईमा नेपाली समाज युएईका उपाध्यक्ष प्रविणकाजी श्रेष्ठले ठूलो सहयोग गरेका थिए । समाजसेवी श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै आफूले कुनै योजना नभए पनि आफू नेपाल गएको बेला सुवेदीलाई भेटेर उनको अवार्ड योजनालाई आफूलाई प्रभावित बनाएपछि यो अवार्ड युएईमा आयोजना गरिँदा यहाँका नेपालीहरुलाई गर्ब महसुश हुने भएकाले आफूले यस कार्यक्रममा लागि निस्वार्थ भावले सहयोग गरेको बताए । 
यो सम्मान कार्यक्रम अन्य फिल्म अवार्ड जस्तो नभई गिनिज बुक अफ द वल्र्ड रेकर्ड होल्डर तथा विश्व किर्तिमानी पत्रकार रामबहादुर सुवेदीको पृथ्वी परिक्रमाको अवसरमा अवार्ड आयोजना गरेर पृथ्वी परिक्रमा गर्ने लक्ष्यसँग केन्द्रित रहेको सबैमा जानकारी गराइएको थियो । एक युगमा एक पटक आयोजना हुने यस्तो अवार्डमा सम्पूर्ण दुबईमा बस्नुहुने बुद्धिजिवी, व्यापारी, कलासाहित्यकर्मी, खेलाडी लगायत विभिन्न पेशासँग आबद्ध भएको व्यक्तिहरुलाई दुवइमा अवार्ड बितरण गर्दा सबैले आफूलाइ समाजमा अझ राम्रो काम गर्ने हौसला बढेको बताए ।
पृथ्वी परिक्रमा अवार्ड २०७४ सालमा देशभरिका शक्तिपिठहरुमा राष्ट्रिय झण्डा सहित पूजापाठ पूरा गरी दुबईबाट पृथ्वी परिक्रमा अवार्डको शुभारम्भ भएको यो अवार्ड हरेक बर्ष ८ वटा देश र नेपालको ४ जिल्लामा सम्पन्न गरी २० बर्ष भित्र संसारभर अवार्ड आयोजना गरि पृथ्वीको एक फन्को लगाइने उद्देश्य रहेको अवार्ड अध्यक्ष सुबेदीले स्वागत मन्तव्यका क्रममा बताएका थिए । दुबईको बसाईको क्रममा सुबेदीले संसारकै अग्लो टावर दुवई टावरमा पनि पृथ्वी परिक्रमा अवार्ड गरेका थिए । जहाँ पनि केही कलाकार र युवा पुस्तहरुलाई अवार्ड सहित सम्मान गरिएको अध्यक्ष सुवेदीले बताए ।

 उनले दुवइको अवार्ड पछि उडिरहेको प्लेन, समुन्द्री मुनि, समुन्द्री माथी, पानी जहाज, बेलायत, बेल्जियम, जापान र पनि टावर पृथ्वी परिक्रमा अवार्ड आयोजना गर्ने भएको छन् । युएई अवार्ड समापन पछि स्वदेश फर्किएका सुवदी चाडै अर्को देशको अवार्ड कार्यक्रममा लागि अहिले तयारीमा रहेका छन् । उनले यही कार्तिकमा सिंगापुर, थाइल्याण्डमा र मलेसियामा विभिन्न ठाउँमा अवार्ड आयोजना गर्ने बताएका छन् । उक्त अवार्ड उडिरहेको प्लेनभित्र, समुद्रमुनि, समुद्रमाथि र पानीजहाज, मलेसियाको केलएल टावर लगायतमा प्रदान गरिने जानकारी दिएका छन् । 

Post a Comment

0 Comments