काठमाडौं, मंसिर । पृथ्वी परिक्रमा अवार्ड अन्तर्गत युरोप भ्रमणमा हिडेका गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रामबहादुर सुवेदी लण्डन पुगेका छन् ।
बेलायत विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको छ । केही दिन अघि अर्थात गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोलखा ग्रुपले एक भव्य कार्यक्रमको आयोजना गरी उनको युरोप भ्रमणको सफलताको शुभकामना प्रदान गरेको थियो ।
पृथ्वी परिक्रमा अन्तर्गत मंगलबार नेपालबात बेलायत लागेका सुवेदी वेल्स, स्कटल्याण्ड र वेल्जियम पुग्नेछन् । उनले विश्वमै पहिलो पटक उडिरहेको जहाजभित्र, समुद्र मुनि, समुद्रमाथि र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा नेपाली चलचित्रको अवार्ड आयोजना गरी विश्व कीर्तिमान राख्दै आएका छन् । यो अवार्ड पनि लण्डनमा ऐतिहासिक बनाउने उनले बताए ।
उनले आफूले अहिले मात्र नभएर पहिले देखि नै विभिन्न जोखिमपूर्ण तथा चुनौतीयुक्त अवार्ड कार्यक्रम आयोजना गरेको स्मरण गर्दै यो पृथ्वी परिक्रमा अवार्ड पनि सफल हुने र यसले नेपालको नाम विश्वमाझ परिचित गराउन महत्वपूर्ण हुने बताए ।
आफ्नो यात्रासँगै नेपाली चलचित्र क्षेत्रमा लामो योगदान पु¥याएका व्यक्तिहरुको आयोजक संस्थाले सम्मान गर्दा अझ गौरव महशुस भएको बताए । अवार्ड तथा सम्मान आयोजना गरेरै २० वर्षभित्र पृथ्वीको एक फन्को लगाउने सुवेदीले बताएका छन् ।
![]() |
त्रिभुवन विमानस्थलमा विदाइ कार्यकम |
0 Comments