Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, कार्तिक । नेपालको तीनहप्ते कथायात्रामा आएका डेनमार्कका प्रशिद्ध वालकथाकार एवम् निवन्धकार, लेखक प्रा.स्याली अल्सुलर आइतबार बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौंका विद्यार्थीमाझ आफुले लेखेको कथा सुनाउन व्यस्त रहे । उनको कथा सुन्न बेबिलोन स्कुलका ४ देखि ६ कक्षासम्मका विद्यार्थी कान ठाडो पारेर एकाग्र भएर बसेका थिए । 
बेबिलोनका विद्यार्थीमाझ उनले ‘नोआको जहाज’ वालकथा सुनाए र आफ्नो देश डेनमार्कको बारेमा बताए पनि । उनले आफ्ना जिजु हजुरबुबा रसियाको जंगलबाट दाउरा काटेर घरमा फर्किँदा बाटोमा घाइते भालु भेटेर उसको उद्धार गरेको रमाइलोे कथा पनि सुनाएका थिए ।
त्यसपछि उनले बेबिलोनका विद्यार्थीलाई आफ्नो हस्ताक्षर सहितको कथाका किताबहरु विक्री गर्न ‘कथालय’लाई सघाए । 
कथा सुनाउने कार्यक्रमपछि विद्यालयकी भाइस प्रिन्सिपल रीता राईले आफ्ना विद्यार्थीमाझ उपस्थित भएर कथा सुनाएकोमा वालकथाकार प्रां.स्यालीलाई धन्यवाद दिँदै विद्यालयको तर्फबाट उपहार प्रदान गरीन । र भनीन, ‘यस्ता महत्वपूर्ण भेटघाट र अनुभव आदानप्रदान गर्दा विद्यार्थीमा हौसला बढ्छ ।’
उनले लेखेका कथाहरुमध्ये ‘आरम्भ’ ‘श्रीमान ब्याबलको धरहरा’ र ‘नोआको जहाज’लाई नेपाली भाषामा उल्था गरिएको छ । चित्रसहितका ती वालकथा सानो कक्षाका नेपाली विद्यार्थी माझ चर्चित छ । यसका साथै उनका कथाहरु अंग्रेजी, स्विडिश, नर्वेजियन, रसियन लगायतका भाषामा समेत अनुवाद भइसकेका छन् ।

२५ वर्ष अघिदेखि अर्थात सन् १९९३ देखि वालकथा, निवन्ध लेख्न शुरु गरेका स्यालीले वालवालिकालाई रोचक र ज्ञानवद्र्धक शैलीमा चित्रकथा पस्किने गरेका छन् । यो उनको विशेषता हो ।
उनको पहिलो कृति ‘द साल्ट अफ अर्थ’ ले डेनमार्कमा दुईवटा पुरस्कार समेत पाएको थियो । प्रा.स्याली डेनमार्कका लेखकहरुको संस्था डेनिश लेखक संकाविभिन्न पदमा बसेर काम समेत गरिसकेका छन् । उनले वालचित्रकथा, निवन्ध गरि ४० वटा भन्दा बढी किताव लेखिसकेका छन् ।
‘पढौं र पढाऔं’ भन्ने संस्कृतिको विकासको साथै विद्यार्थीलाई पढ्ने बानी बसाउने कार्यमा विगत लामो समयदेखि कटिवद्ध प्रकाशन गृह ‘कथालय’ को पहलमा प्रा.स्याली नेपाल आएका हुन । उनी नेपाल आएको केही दिनमात्रै भएको छ । 

नेपाल बसाईका क्रममा उनले राजधानीका केहीनीजि र केही सामुदायीक विद्यालयका विद्यार्थीलाई आफुले लेखेका विभिन्न डेनिश कथाहरु सुनाएर आफुले किन र कसरी वालकथा लेख्न थालेको जस्ता अनुभव बाँड्नेछन । 

त्यसपछि उनी काठमाडौं उपत्यका बाहिर कास्की, बागलुंग, पर्वतलगायतका आधादर्जन सामुदायीक र नीजि विद्यालयका विद्यार्थीसंग आफ्नो कथा साट्नेछन, कथालयका प्रमुख कार्यकारी अधिकृत राजीव धर जोशीले भने ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply