Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

२०७५ जेठ १५ या असोज ३ मा छुट्नसक्ने

बलराम प्यासी
काठमाडौं, कार्तिक । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय सुनाइएका माओबादी नेता तथा पुर्व सांसद वालकृष्ण ढुंगेललाई मंगलबार पक्राउ गरि डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । 
कारागारमा उनी अन्तर्राष्ट्रिय कुख्यात अपराधी दाउद इब्राइमको नेपालस्थित व्यवसाय साझेदार मानिएका उदय सेठ्ठीसंगै थुनामा छन् । उदय अपहरण, फिरौती लगायतका फौजदारी मुद्धामा जेल परेका हुन । त्यतिमात्रै नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुंगको आदेश मान्नुपर्छ । टासी पनि अपहरण मुद्धामा परी जेल सजाँय काटीरहेका कैदी हुन । 

ढुंगेलको कारगारमा पहिलो रात भुईमै बित्नेछ । उनले सुत्नका लागि अरु कैदीसरह खाट पाएका छैनन । वुधवार (आज) बाट भने उनले खाट पाउने कारागार श्रोतले बताएको छ । उनलाइ राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको व्यवस्था छ । ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकोले मंगलबार उनी भूँईमै सुत्छन,’ कारागार श्रोतले भन्यो । 

कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्धामा जेल परेका पुर्व प्रहरी महानिरीक्षकद्धय ओमविक्रम राणा र हेम गुरुंगसहित ४ सय ४८ कैदी छन् । 

दुवै ब्लकमा गरि कारागारमा ५ सय ७५ जना कैदी रहेकोमा नेता ढुंगेल ५ सय ७६ औं कैदी हुन । त्यसो त मंगलबार नै केही कैदीले आफ्नो सजाय पुरा गरेर घर फर्केका छन भने केही नयाँ कैदी थपिएको उनको यो नम्वर केही तलमाथि भने हुनसक्नेछ । 

१० असार २०५५ मा ढुंगेलको संलग्नतामा ओखलढुंगाका श्रेष्ठको हत्या गरेको आरोप लागेपछि ओखलढुंगा जिल्ला अदालतले उनलाई २०६१ बैशाखमा दोषि प्रमाणित गरेको थियो । 

ज्यान मारेको अभियोगमा २० वर्ष कैद सजायँ भोग्नुपर्नेमा ढुंगेलले मुद्धा फैसला हुनुपुर्व र फैसला पछि समेत गरि ७ वर्ष ६ महिना ८ दिन कारागार जीवन बिताइसकेकोले बाँकी १२ वर्ष ५ महिना २२ दिन जेलमा बस्नुपर्ने हुन्छ । तर कारागारको नियमअनुसार जेलमा रहँदा ‘आचरण राम्रो रहेको’ भनी कारागार प्रशासनले सरकारलाई सिफारिस गरेमा उनको ६० प्रतिशत कैद माफ हुन्छ । 

यदि त्यसो भयो भने ढुंगेल आगामी जेठ १५ गते गणतन्त्र दिवसमा या ढिलोमा असोज ३ गते संविधान दिवसमा बाँकी ६० प्रतिशत कैद माफ गरि रिहा हुने जेल प्रशासनको आंकलन छ ।  

माओवादी द्धन्दकालका मुद्धा राजनैतिक मुद्धा भएको र शान्ति पकृयापछि त्यसप्रकारका सबै मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हल गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको माओवादी केन्द्रले ढुंगेललाई आगामी वर्षको १५ जेठसम्म कारागरमै बस्न सुझाएको बताइन्छ । 

तर ढुंगेल जेलमा परेपछि माओवादीका अन्य नेतालाई पनि सो नजिरको आधारमा पक्राउ गर्न सकिने हुनाले माओवादी केन्द्रले नेपाली काग्रेस सरकारमार्फत उनलाई त्यसअघि नै छुटाउनसक्ने आधार पनि देखिएको राजनैतिक विश्लेषक बताउँछन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply