
काठमाडौं, कार्तिक । नेपाल बेसबल तथा सफ्टबल संघ काभ्रेको नयाँ कार्यसमित गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा उपेन्द्र विक्रम लामा, उपाध्यक्षमा नविन थापा, र पाल्छाङ लामा (मोक्तान), सचिवमा सुरेन्द्र थपलिया, सह–सचिवनमा कमल लामा घिसिङ र कोशाध्यक्षमा नारायण अधिकारी रहेका छन् ।
यसैगरी सदस्यहरुमा शिवराम थापा, छेवाङजित लामा, सानुकुमार लामा, धावा लामा, रोशन लामा, नवराज सापकोट र पल्हाद गिरी रहेका छन् ।
मंगलबार बसेको भेलाले पुरानो कार्यसमिति निस्क्रिय रहेको भन्दै जिल्लामा बेसबल तथा सफ्टबलको विकासका नयाँ कार्यसमित गठन गरिएको जनाएको छ ।
नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय कार्यसमिति सदस्य नारायण घर्तीको अध्यक्षमा बसेको भेलाको प्रमुख आतिथ्यतमा महासचिव दिपक न्यौपानेले गरेका थिए । त्यसैगरी जिल्ला खेलकुद विकास समिति काभ्रेका सचिव केशव थापाको रोहबरमा नयाँ कार्यसमित चयन गरिएको हो ।
0 Comments