काठमाडौं, कार्तिक । आगामी २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली काग्रेसले काठमाडौं-२ मा नरेफाँटमा मंगलबारदेखि निर्वाचन कार्यालय खोलेको छ ।
सो क्षेत्रमा काग्रेसले प्रतिनिधिसभातर्फ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जितेका नेता दिपक प्रसाद कुईकेललाई उठाएको छ भने प्रदेशसभा (क) मा लोकेश ढकाल र (ख) मा मनहरि खड्कालाई उठाएको छ ।
नेपाली काग्रेसका क प्रदेश सभाका उम्मेदवार लोकेश ढकालले निर्वाचन कार्यालयको मंगलबार उद्घाटन गर्दै यसअघि पनि नेपाली काग्रेसका उम्मेदवारले जितेको काठमाडौं-२ मा नेपाली काग्रेसका उम्मेदवारहरुले नै जित्ने कुनै दुविधा नभएकोे बताए ।
नेपाली काग्रेसले स्थानीय युवा नेता शिक्षित पराजुलीलाई काठमाडौं-२ समन्वय समितिको र क प्रदेशको लागि प्रचार प्रसार समितिको संयोजक तोकेको छ । संयोजक पराजुलीका अनुसार सो पार्टीको अर्काे निर्वाचन कार्यालय बुधबार पेप्सीकोला टाउनप्लानिङ्गमा खुल्दैछ ।
0 Comments