Ticker

6/recent/ticker-posts

काठमाडौं–२ मा कांग्रेसको दावी ‘हामी ग्यारेन्टी जित्छौं’

काठमाडौं, कार्तिक । आगामी २१ मंसीरमा हुन लागेको काठमाडौं–२ को प्रतिनिधि सभा र २ वटै प्रदेश सभाको निर्वाचनमा गरी तीनैवटा सदस्य पद नेपाली काँग्रेसले वहुमतका साथ जित्ने काग्रेसका उम्मेदवारले दावी गरेका छन् ।
काठमाडौं–२स्थित पुरानो सिनामंगल पेप्सीकोला टाउनप्लानिङ्गमा काग्रेसको निर्वाचन कार्यालय खोल्ने क्रममा बुधबार सो क्षेत्रका काँग्रेस उम्मेदवार तथा निवर्तमान सांसद दिपक प्रसाद कुइँकेलले सो क्षेत्रबाट जितेर प्रधानमन्त्री हुँदा पनि एमालेका नेता माधव कुमार नेपालले स्थानीय जनताको कुनैपनि मागको सम्वोधन नगरेको आरोप लगाए ।

‘काठमाडौं–२ को माया जति नेपाली काग्रेसलाई छ त्यति रौतहटबाट आएका माधव नेपाललाई माया छैन’ उनले भने–‘यदि काठमाडौं–२ को माया भएको भए उनले यो क्षेत्रमा जितेर पनि जनमतको उच्च कदर गर्थे, क्षेत्र छोडदैनथे ।’

‘माधव नेपाललाई काठमाडौं–२ (कोटेश्वर) मा खान र बस्न दिने तर यहाँका जनताले उनलाई आगामी चुनावमा भोट चाँहि नदिने ग्यारेन्टी छ’ काँग्रेस उम्मेदवार कुँइकेलले भने । निर्वाचन कार्यालय उद्घाटनका क्रममा सो क्षेत्रअन्तर्गत पर्ने दुवै प्रदेश सभाका सदस्यका उम्मेदवारद्वय लोकेश ढकाल र मनहरि खड्काले पनि बोल्दै २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने मतदाताले यसपालि पनि वहुमतले जिताउने कुरामा आफुहरु विश्वस्त रहेको बताए ।

नेपाली काग्रेस २ नं क्षेत्रका क्षेत्रीय सभापति उपेन्द्र काकी तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक शिक्षित पराजुलीले पनि कार्यक्रममा बोलेका थिए । निर्वाचनको तिथि िनजिक आउँदै गर्दा सो निर्वाचन क्षेत्रमा आपसी प्रतिष्पर्धि नेपाली काग्रेस र नेकपा एमालेका उम्मेदवारहरु टोलटोल र  घरदैलोमा व्यस्त देखिन थालेका छन् ।


Post a Comment

0 Comments