काठमाडौं, मंसिर । नेपाली कांग्रेसले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला मंगलबार अपरान्ह गराइएको बम विष्फोटको निन्दा एवम् भत्र्र्सना गर्दै यस घट्नमा परेका घाइतेहरुको उपचार र दोषीमाथि कारबाहीको माग गरेको छ ।
प्रधानन्त्रीले संबोधन गर्ने सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विष्फोट गराइएको थियो । उक्त विष्फोटमा परी एक म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अत्तालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय हो भनिएको छ ।
विज्ञप्तिमा यसबाट नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक सहित पार्टीप्रति अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् भन्ने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको बताएको छ ।
नेपाली कांग्रेसले यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन चेतावनी दिंदै यो र यस्ता अन्य घट्नामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

0 Comments