Ticker

6/recent/ticker-posts

काठमाडाैं १ मा प्रकाशमानकै जित सुनिश्चित...

काठमाडौं, मंसिर । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावको माहोल तातिरहेका बेला सबैभन्दा बढी चर्चा काठमाडौंंकै छ । 
काठमाडौंमा पनि क्षेत्र नम्बर १ मा कस्ले जित्ला भन्ने चर्चा बढी छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनकबाट कांग्रेस नेता प्रकाशमान सिंह, वामगठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा, विवेकशील साझा पार्टीबाट पूर्व पत्रकार रवीन्द्र मिश्र र नेपाली कांग्रेस वीपीबाट हरिबोल भट्टराई मैदानमा छन् ।

यस क्षेत्रमा स्ववभाविक रुपमै कांग्रेस नेता प्रकाशमान सिहं बलिया उम्मेदवार हुन् । विगतमा माओवादीबाट रेणु दाहालले निर्वाचन लडेर पराजित यस क्षेत्रमा अघिल्लो संविधानसभा निर्वाचनमा प्रकाशमान सिंहल् ५२ प्रतिशत मत ल्याएका थिए । स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीले मेयरका लागि राम्रै भोट ल्याएकाले रवीन्द्र मिश्र नै प्रकाशमानको मुख्य प्रतिस्पर्धी देखिन्छन् ।

सामाजिक सञ्जाल र अनलाइन मिडियामा रवीन्द्र मिश्रको चर्चा बढी भएपनि मैदानमा भने प्रकाशमा बलिया छन् । प्रकाशमानले यस क्षेत्रमा अाफ्नाे बलियाे पकड हुँदा हुँदै पनि घरदैलाे अभियानलार्इ निकै नै सक्रियताका साथ अघि बढाएका छन् । 


प्रकाशमानको जित यसकारण सुनिश्चित रहेको विश्लेषण गर्न सकिन्छ –
१. विगतमा ५२ प्रतिशत मत ल्याएर निर्वाचन जितेका प्रकाशमान तेस्रो जितको खोजीमा छन् । विगतमा गणेशमानले समेत निर्वाचन लडेको यो क्षेत्रमा कांग्रेसको पकड यथावत् छ ।

२. रवीन्द्र मिश्र र अनिल शर्मा दुवैको राजनीतिक पृष्ठ भूमि काठमाडौं क्षेत्र नम्बर १ का लागि परिचित होइन । विद्यार्थी नेता र पूर्व पत्रकार भन्दा काठमाडौं १ का सचेत मतदाता राजनीतिज्ञकै पक्षमा उभिने देखिन्छ ।

३. काठमाडौं क्षेत्र नम्बर १ मा यतिबेला प्रकाशमानलाई राप्रपाको पनि साथ छ । दोस्रो संविधानसभामा यस क्षेत्रबाट राम्रै मत ल्याएको राप्रपाको मतले पार्टीबाट विचलित हुन सक्ने मतलाई व्यवस्थापन गर्ने कांग्रेसको बुझाई छ ।

४. काठमाडौं क्षेत्र नम्बर १ शतप्रतिशत साक्षर मात्रै होइन नेपालकै शिक्षित समुदायको बसोबास रहेको क्षेत्र हो । यस क्षेत्रका मतदाताहरुले सैद्धान्तिक रुपमै कम्युनिजमलाई अस्वीकार गर्ने र विकल्पमा कांग्रेस रोज्ने सम्भावना बढी छ ।

५. प्रकाशमानका प्रतिस्पर्धी भनिएका रवीन्द्र मिश्रलाई झट्टै विश्वास गरिहाल्ने अवस्था छैन । अधिकांशले नयाँ पार्टीलाई टेस्ट गर्न नचाहने अवस्था छ ।

६. प्रकाशमान यसअघि उपप्रधान एवं स्थानीय विकास मन्त्री भइसकेका छन् । सो बेला उनले काठमाडौं क्षेत्र नम्बर १ मा केही सकरात्मक कामहरु गरेका छन् । फेरि पनि चुनावपछि कांग्रेसबाट सरकारमा जाने सम्भावना बोकेको हेभिवेट नेता भएकाले पनि मतदाता उनीप्रति आकर्षि हुनेछन् ।

७. रवीन्द्र मिश्रको पक्षमा ‘भोटर भन्दा सोटर’ बढी देखिन्छन् । सो क्षेत्रमा मतदाता नरहेकाहरुले मिश्रलाई जिताउनुपर्ने तर्क गर्दछन् । तर मत नआई चुनाव जितिदैन ।

Post a Comment

0 Comments