तौलिहवा, मंसिर । प्रधानमंत्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहितको व्यवस्थाको नाममा बाम गठवन्धनले मुलुकमा अधिनायकबाद लाद्न खोजेको बताउनु भएको छ ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको आयोजनामा कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित बृहत् आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले यो निर्वाचनबाट दुई तिहाई बहुमत जुटाई वर्तमान संविधानलाई खारेज गरी निरंकुश कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्नु वाम गठवन्धनको दिवा स्वप्न मात्र भएको बताउनुभयो ।
नेपाली जनताले राणा, पंंचायत र राजाको शाही कालको निरंकुशतालाई जरैबाट उखेर फालेको इतिहासको स्मरण गराउदै प्रधानमन्त्री देउवाले वाम गठवन्धनकोे ल्याउन खोजेको अभिनयाकवादलाई नेपाली जनताले कदापि स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले निरंकुशताबाट मुलुकलाई जोगाउन र लोकतन्त्रको रक्षाका लागि पनि आसन्न निर्वाचनमा आम मतदाताले नेपाली कांग्रेसलाई मत दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमंत्री देउवाले संविधानको कार्यान्वयनमार्फत राजनैतिक स्थिरता कायम गरी मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकको आर्थिक विकास गर्न सक्ने दावी गर्दै प्रधानमंत्री देउवाले भारत, चिन लगायत युरोपेली मुलुकहरुको सहयोगमा मुलुकको आर्थिक विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोईराला, उद्योगपति विनोद चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

0 Comments