Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको अवस्थामा शिक्षा तथा खेलकूद मन्त्रालय मातहत रहेको नेपाल स्काउटले आचारसंहिता विपरित एकहप्ते तालीम सञ्चालन गरेको विरोधमा निर्वाचन आयोगमा सो तालीम रद्ध गर्न निवेदन परेको छ ।
कात्तिक २० देखि सो तालीम नेपाल स्काउटको अन्तराष्ट्रिय तालीम केन्द्र ककनीमा जारी छ । 
निर्वाचनको तिथि तय भइसकेको अवस्थामा स्काउटको उच्चतहको तालीम (कोर्स फर असिस्टेण्ट लिडर ट्रेनर(सिएएलटी) दिने निहूँमा नेपाल स्काउटका जिम्मेवार पदाधिकारीले आआफ्नो सिद्धान्त निकटका राजनैतिक आस्था राख्ने स्काउट शिक्षकलाई तालीम दिएर आगामी निर्वाचनमा प्रभाव पार्न खोजेको आरोप लगाउँदै आयोगमा सो निवेदन दर्ता गरिएको हो । 

तालीमको लागि युवा तथा खेलकूद मन्त्रालयले नेपाल स्काउटलाई बजेट दिएको र सो बजेट निर्वाचनको मुखमा तालीमको नाउँमा कार्यकर्तालाई पोस्ने काममा खर्च गर्न लागिएको आरोप समेत लगाइएको छ ।

सिन्धुपाल्चोक जिल्ला स्काउटका आयुक्त एव्म योङ्गहार्ट ओपन स्काउट क्रिउ कुमारीगालका संस्थापक अध्यक्ष देवदूत अधिकारीले निर्वाचन आयोगमा निवेदन दर्ता गरी सो तालीम तत्काल वदर गर्न आग्रह गरेका छन् । तालीम शुरु भएकै दिन अर्थात २० कात्तिकमा आयोगमा दर्ता गरिएको निवेदन नं १८६५ रहेको छ ।

तालीममा नेकपा एमालेबाट नियुक्त नेपाल स्काउटका सचिव लोकबहादुर भण्डारीमार्फत नेकपा एमाले र प्रमुख आयुक्त दाहालमार्फत नेपाली काँग्रेस निकट स्काउट शिक्षकहरु तालीममा सहभागी रहेको बताइएको छ । 
प्रमुख आयुक्त रविन दाहाल कोर्स सल्लाहकार र शिव भण्डारी कोर्स लिडर  रहेको एकहप्ते सो तालीममा विभिन्न जिल्लाका ४ दर्जन स्काउट शिक्षक सहभागी छन् ।

निर्वाचनको मिति तय भइसकेपछि सरकार र मातहतका कुनैपनि निकायले निर्वाचनलाई प्रत्यक्ष असर गर्नेगरि तालीम, गोष्ठी र सेमिनार गर्न नपाइने उल्लेख छ । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply