Ticker

6/recent/ticker-posts

जाडो यामसंगै स्थायी बन्ध्याकरण शुरु

काठमाडौं, कार्तिक । गर्मी महिना र वर्खायाममा विरामीको शल्यक्रिया गर्दा घाउ पाक्ने समस्या बढी हुने कारणले गर्दा स्थायी परिवार नियोजनको काम भने विशेष गरी जाडो याममा गर्ने गरिन्छ ।

यसै सिलसिलामा नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाले जिल्ला जनस्वास्थय कार्यालय ललितपुरसंगको समन्वयमा जिल्लाको बडीखेलमा स्थायी परिवार नियोजनको लागि एकदिने शिवीर सञ्चालन गरेको छ ।
सन्तानको रहर पुगिसकेका पुरुषहरुका लागि स्थायी वन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाहरुको लागि स्थायी वन्ध्याकरण ‘मिनील्याप’ गरेको छ । यसका साथै महिलाहरुको लागि निश्चित अवधिको लागि आइयुडि र इम्प्लाण्ट सेवा समेत दिइएको संघको उपत्यका शाखाका प्रवन्धक शरदकुमार अर्यालले बताए ।
शाखा प्रवन्धक अर्यालका अनुसार शिवीरमा आवश्यक पर्ने विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरु उपत्यका शाखाबाट उपलव्ध गराईएको र शिवीरमा ५३ जना महिला तथा पुरुषको स्थायी वन्ध्याकरण गरिएको थियो ।

Post a Comment

0 Comments