Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, कार्तिक । ब्युटीपार्लरमा अनुहार सुन्दर र राम्रो बनाउन (फेसियल गर्न) र आखिभौं मिलाउन (थ्रेडिंग गर्न) आउने युवती या महिलाहरुलाई सो सेवा दिनुअघि सौन्दर्यकर्मीहरुले ग्राहकमा क्षयरोग, कडाखालको मौसमी रुघाखोकीलगायत श्वासप्रस्वास सम्वन्धि अन्य कुनै रोग भए नभएको पक्का गरेर मात्रै सेवा दिनुपर्ने विज्ञहरुले बताएका छन् ।

‘पहिले त ब्युटीपार्लर सञ्चालक नै स्वस्थ हुनुपर्छ, अनिमात्रै उसले ग्राहकको स्वास्थ्य बारे सोध्न मिल्छ’, लायन्स क्लव अफ काठमाडौ मेरिगोल्डकी संस्थापक अध्यक्ष एवम् ललितपुर जिल्ला क्षयकुष्ठ अधिकृत देवी गुरुंगले भनीन ।

काठमाडौंका विभिन्न ३५ वटा ब्युटीपार्लरका ५० जना सञ्चालक र ब्युटिसियनलाई सहभागी गराई श्वासप्रश्वास सम्वन्धी रोग तथा क्षयरोगबारे जानकारी दिन आयोजित कार्यक्रममा गुरुंगले भनीन ‘सेवा दिने ब्युटिसियन र सेवा लिने महिला ग्राहक दुवै स्वस्थ भएमा मात्रै रोग एक अर्कालाई सर्दैन ।’ ‘नत्र सौन्दर्यसम्वन्धी कुनैपनि सेवा दिँदा नजिकबाट काम गर्नुपर्ने भएकोले स्वाशप्रस्वासको माध्यमबाट एकअर्कामा सजिलैसंग रोग सर्नसक्छ’ उनले भनीन ।

ब्युटिपार्लर सञ्चालन गर्दा हावा पास हुने कोठा हुनुपर्ने, मास्क लगाएर सेवा दिनुपर्ने,आफु या आफ्नो परिवारका सदस्य कसैलाई श्वासप्रश्वाससम्वन्धी रोग भए तत्काल स्वास्थ्य संस्थामा गएर जचाउनुपर्ने बताउँदै क्षयकुष्ठ अधिकृत गुरुंगले क्षयरोग लागेमा नियमति औषधि उपचार गरे पुर्णरुपमा निको हुने पनि प्रष्ट पारीन ।

पछिल्लो तथ्यांक अनुसार ब्युटिपार्लर सञ्चालक र मसाज सेण्टरमा काम गर्ने कर्मचारीलाई स्वाश प्रस्वाससम्वन्धी धेरै रोग सरेको पाइएको छ । स्वाशप्रस्वासको माध्यमबाट फोक्सोमा लाग्ने क्षयरोग एकअर्कामा सजिलै सर्छ भने हाड, पेट ग्लायण्ड र शरीरका अन्य भागमा लागेको क्षयरोग सर्दैन ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply