Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, मंसिर । प्रायः डाक्टरले विरामीका आफन्तलाई विरामीको लागि आवश्यक पर्ने रगत तत्काल व्यवस्थापन गर्न लगाउँछन र आफु चाँहि मुस्किलले रक्तदान गर्छन । तर शनिबार भने ४ जना डाक्टरले मात्रै रक्तदान गरेनन, नर्स र अन्य स्वास्थ्यकर्मीले पनि रक्तदान गरेका छन् । 
ललितपुरको जाउलाखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा कार्यरत क्यान्सररोग विशेषज्ञ डा.सन्ध्या चापागाई, डा.सान्त्वना गौतम, डा.गगन लामिछाने तथा डा.अजय पराजुलीका साथै नर्सहरु माया न्यौपाने, शर्मिला थापा, रिना केसी, हसिना महर्जन र अस्पतालका अन्य स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारी गरि ४६ जनाले रक्तदान गरे । 

पछिल्लो समयमा राजधानीमा रगतको अभाव भईराखेको अवस्थामा सो अस्पतालले चिकित्सक, नर्स र अन्य स्वास्थयकर्मीबाट रक्तदान गराई केहीमात्रामा भएपनि रगत संकलन गरेको हो ।

सोही कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सक एवम जनरल फिजिसियनहरुबाट छाती, क्यान्सर, मधुमेह, मुटुरोग, स्त्री तथा प्रसुती, स्तन क्यान्सर, रजनोवृत्ति सम्वन्धि निःशुल्क स्वास्थ्य जाँच गरिएकोमा १ सय २५ जनाले स्वास्थय जाँच गराएको सो अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थय शिवीरमा आएका विरामीको प्याथोलोजी सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष एवम् मेडिकल डाइरेक्टर डा.मदन कुमार पियाले बताएका छन् । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply