Ticker

6/recent/ticker-posts

‘विद्यार्थीलाई यौन शिक्षा दिन शिक्षकले लाज मान्न नहुने’


काठमाडौं, कार्तिक । सामाजिक सञ्जालमा यौन, यौनाङ्ग र यौनिकताका बारेमा अध्ययन गर्न र यसबारेका तस्वीर हेर्न अहिलेका युवायुवतीमात्रै होइन, किशोरकिशोरी पनि त्यतिकै पोख्त छन । तर ती विषय समेटिएको ‘वातावरण, स्वास्थ्य र जनसंख्या  विषय’ कक्षा कोठामा कुनै धक नमानी पढाउन न शिक्षकले सकिरहेका छन न शिक्षिकाले नै । 
यस्तो अवस्थामा ‘वातावरण, स्वास्थ्य र जनसंख्या  विषय पढाइराखेका सामुदायीक विद्यालयका केही शिक्षकलाई सहभागी गराई नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाले बुधबार वृहत यौनिकता शिक्षाबारे प्रशिक्षण दिएको छ । ‘विद्यार्थीलाई यौन शिक्षा दिन शिक्षकले लाज मान्न नहुने’ उदेश्य रहेको सो प्रशिक्षणमा अधिकाँश शिक्षिकाहरुको सहभागिता थियो ।
वालअवस्थाबाट किशोर अवस्थामा प्रवेश हुँदा परिवर्तन हुने शारिरीक अवस्था, स्वर, अंग, विपरित लिंगीप्रति हुने आकर्षण र यौनसमपर्क राख्ने चाहनामा वृद्धि हुनेलगायतका विषयलाई समेटेर संघले विषय शिक्षकहरुलाई वृहत यौनिकता शिक्षा प्रशिक्षण दिएको हो । 
बदलिँदो उमेर अवस्थाका विद्यार्थीलाई यौनसम्वन्धी सम्पुर्ण ज्ञान दिनुपर्ने, असुरक्षित यौनसम्पर्क गर्नबाट टाढा राख्नुपर्ने, संयमित बस्न प्रेरित गर्नुपर्ने, मनका कुरा साथीभाईसंग वाँड्नुपर्ने, परिवार नियोजनका अस्थायी साधनहरु कण्डम, पिल्सबारे जानकारी दिनुपर्ने लगायतका कुरा शिक्षकले विद्यार्थीलाई सिकाउन धक मान्न नहुने बताइएको थियो । 

नेपाल परिवार नियोजन संघकी कार्यकारी निर्देशक महिमा मल्लले संघले किशोरकिशोरी र युवायुवतीलाई वृहत यौनिकता शिक्षाको साथै सुरक्षित गर्भपतन र परिवार नियोजन सेवा दिँदै आएको बताइन ।
यसैगरि संघकी युवाशाखा प्रमुख सुवर्णा राणा, वरिष्ठ लेखा अधिकृत बन्दना श्रेष्ठ, काठमाडौं उपत्यका शाखाका प्रवन्धक शरदकुमार अर्यालले विद्यार्थीहरुलाई यौनशिक्षा दिन शिक्षकहरु लजाउन नहुने कुरामा जोड दिएका थिए । 

बुधबार प्रशिक्षण दिइएका सम्वन्धित सामुदायीक विद्यालयमा संघका साथी शिक्षक गएर त्यहाँका विद्यार्थीहरुलाई तिनै शिक्षकको सहभागितामा यौनशिक्षाबारे कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 

Post a Comment

0 Comments