Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, कार्तिक । १० र २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि स्वास्थ्य सेवा विभागले मुलुकभरका स्वास्थ्य निकायका कर्मचारीलाई निर्वाचन अवधिभर अर्थात मंसीर महिनाभरीनै उच्च सतकर्ताका साथ तयारी अवस्थामा रहन परिपत्र पठाएको छ । 
सम्वन्धित क्षेत्रीय, अञ्चल, जिल्ला अस्पतालका साथै केन्द्रीय रिफरल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका साथै सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा रहेका स्वास्थ्य निकायमा उपलब्ध साधन स्रोतलाई अत्यधिक सदुपयोग र परिचालन गरि चुनावको दिन चरणवद्धरुपमा पालैपालो २४ सै घण्टा र अन्य दिन स्वास्थ्य संस्था हेरि पालो अनुसार काममा खटिन निर्देशन दिएको छ ।

मंसीर महिनाभरी स्वास्थ्य सेवा विभागअन्तर्गतका २९ हजार कर्मचारी भैपरि र आकस्मिक विदामा वाहेक विदामा बस्न नपाउने गरी उर्दी जारी गरिएको विभागका निमित्त महानिर्देशक डा.राजेन्द्रप्रसाद पन्तले बताए । अत्यावश्यक औषधि, एम्बुलेन्स, स्ट्रेचरको साथै अस्पतालहरुका उपकरणहरुलाई चुस्त दुरुस्त राख्न पनि विभागले मातहतका स्वास्थय निकायलाई निर्देशन दिएको छ । 

हामीले  ५ वटै क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय मार्फत सबै जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयलाई आफु मातहतको स्वास्थ्य निकायका कर्मचारीलाई तयारी अवस्थामा रहनका लागि निर्देशनसहित शुक्रबार नै परिपत्र पठाएका हौं निमित्त महानिर्देशक डा.पन्तले भने । 

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि विभागले यसैअनुसारको परिपत्र पठाएर मातहतका स्वास्थ्य कर्मचारी र स्वास्थय निकायलाई उच्च सतर्कमा राखेको थियो । सोही अनुभवलाई आत्मसात गरि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि त्यसै गरिएको विभागले जनाएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply