Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मिथिलेश्वर(धनुषा)  मंसिर । धनुषा निर्वाचन क्षेत्र नं १बाट प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले आसन्न निर्वाचनमा बामपन्थीले जितेमा देशमा साम्यवाद हावी हुने बताउनुभएको छ ।

निर्वाचन क्षेत्र नं १ अन्तर्गतको मिथिलेश्वर, निकास , ललिया , खत्वेटोलमा घरदैलो र कोणसभा कार्यक्रममा  उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यस पटकको निर्वाचन देशमा लोकतान्त्रिक शासन पद्धति चलाउने कि कम्युनिष्ट व्यवस्थातिर जाने भन्ने सन्दर्भमा जनमत संग्रह भएकोले ७० बर्षदेखि नेपाली जनताको मौलिक अधिकार र लोकतन्त्रका लागि लडिरहेको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने बताउनुभयो । 
प्रजातन्त्रमा जनता नै निर्णायक शक्ति हुने र व्यक्तिका सबै अधिकार सुरक्षित हुने र कम्युनिष्ट व्यवस्थाले व्यक्तिको सम्पत्तिमाथिको अधिकार सहित सबै मौलिक हक अपहरण गर्ने भएकोले  काँग्रेसको रुख छापमा मतदान गरी आजसम्म हजारौं शहिदहरुको बलिदानले ल्याएको प्रजातन्त्रको बचाउ गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।
नेकपा एमाले र माओवादीले आपसी गठजोर गरेर प्रजातन्त्रलाई कमजोर पारै विस्तारै समाप्त गर्र्ने षडयन्त्र गरेकोले त्यसलाई विफल पार्न   काँग्रेसमा मतदान गर्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा एमाओवादी ललिया गाविसका पुर्व अध्यक्ष रामपदार्थ मंडल (जनकपुरिया) , मिथिलाबिहारी नगरपालिकाका उपमेयरका प्रत्यासी सुशिलादेवी मंडल लगायत दर्जनौं व्यतिm नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply