Ticker

6/recent/ticker-posts

राणा र श्रेष्ठ कारागार मुक्त

पुर्व डिआइजि र एसएसपी १ सय ४४ दिन जेलमा
बलराम प्यासी 
काठमाडौं, मंसिर । पुपक्षको लागि थुनामा राख्नुुपर्ने थुप्रै अभियुक्त र विभिन्न आरोप पुष्टि भईसकेका दोषिलाई कारागार पठाएको अनुभव बटुलिसकेका प्रहरीका उच्च अधिकारीहरु आफैं जेलमा बस्दा कस्तो भयो होला ? वहुचर्चित सुडान घोटाला काण्डमा भ्रष्टाचार गरेको पुष्टी गर्दै सर्वाेच्च अदालतले जनही ६-६ महिनाको कारागार सजाय तोकेका पुर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपक श्रेष्ठ र वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) रविप्रताप राणा १ सय ४४ दिन कारागारमा सजाय काटेर छुटेका छन । 
(डिआइजि) श्रेष्ठ कात्तिक २९ गते बुधबार र एसएसपि राणा कात्तिक २४ गते शुक्रबार डिल्लीबजार कारागारबाट छुटेका हुन । ‘उनीहरु दुवैजना छुटे’ डिल्लीबजार कारागारका कर्मचारीले पुष्टी गर्दै राजधानीसंग भने । त्यसो त उनीहरुसंगै जेल परेका पुर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुंग तथा अतिरिक्त महानिरीक्षक (एआइजि) दिपकसिंह था¨देन भने अहिलेपनि सोही कारागारमै छन् । उनीहरु आफुमाथिको एक÷एकवर्ष कैदको सजाय भुक्तान गर्दैछन ।  कारागारबाट कात्तिक २४ गते शुक्रबार छुटेका राणाले गत असार ७ गते र २९ कात्तिकमा छुटेका श्रेष्ठले असार १२ गते सर्वाेच्च अदालतमा आत्मसर्मपण गरेपछि उनीहरुलाई डिल्लीबजार कारगारमा थुनामा पठाएको थियो । 

सर्वाेच्च अदालतले ती दुवैजनालाई सुडान घोटाला काण्डमा दोषि ठहर गर्दै जनही ६ महिना कैद सजाय र ३० हजार जरिवना तोकेको थियो । सुडानको डार्फरमा पठाइने एपिसि खरीदमा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालिन प्रधानन्यायाधिश सुशिला कार्कीको इजलासले उनीहरुलाई दोषि ठहर गरेको थियो । सर्वाेच्चको फैसलाको ५३ दिनपछि डिआइजि श्रेष्ठले सर्वाेच्च अदालतमा आत्मसर्मपण गरेका थिए भने एसएसपि राणाले ५८ औं दिनमा सर्वाेच्चमा आत्मसर्मपण गरेका थिए ।

त्यसो त पुर्वप्रहरी महानरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुंग तथा पुर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजि) दिपकसिंह थाङ्गदेनले पनि ५३ औं दिनमा सर्वाेच्च अदालतमा आत्मसर्मपण गरेका थिए । तर उनीहरु १ वर्ष जेल बस्नुपर्ने फैसलाका कारण ती तिनैजना अहिलेपनि डिल्लीबजार कारागारमै थुनामा छन् । उनीहरु पनि सोही मुद्धामा सजाय पाएका व्यक्ति हुन । 

मुद्धा फैसला भएको ६० दिनभित्र आफैं सर्वाेच्च अदालतमा उपस्थित भई आत्मसर्मपण गरेमा उनीहरुको कैद समय र जरिवना रकममा २० प्रतिशत छुट हुने भएकोले उनीहरु १ सय ४४ दिनमै छुटेका हुन । नत्र उनीहरुले ६ महिना अर्थात करीव १ सय ८० दिन थुनामा बस्नुपथ्र्याे । यसैगरि उनीहरुले तिनुपर्ने जनही ३० हजारमा पनि २० प्रतिशत अर्थात ६ हजार रुपैया छुट पाएकोले २२ हजार तिरेर उनीहरु थुनामुक्त भएका हुन । 

Post a Comment

0 Comments