Ticker

6/recent/ticker-posts

कर्णालीको संस्कृति झल्काउने "कर्णालीका हामी" (भिडियोसहित)

काठमाडाैं, कार्तिक । आफ्नो कला संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यस विषयमा सबैले बुझेका छन् र सबैको रटान पनि यही हुन्छ । तर बोलेकै भरमा संस्कृतिको संरक्षण हुने भए आजसम्म सबै जात–जाति भाषा–संस्कृति लोपोन्मुख अवस्थामा पक्कै पुग्दैनथे होलान् । सन्दर्भ यहाँ जोड्नुको तात्पर्य हो मुगुका युवाहरुले गरेको कामको शुरुवात ।  
हालै युटुबमा मुगु मिडिया सेन्टरको प्रस्तुतिमा एउटा भिडियो ‘कर्णालीका हामी’ सार्वजनिक भएको छ । यस भिडियोले एकातिर समग्र मुगुको स्थानीय संस्कृति र भाषालाई जगेर्ना गर्ने काम गरेको छ भने अर्कोतिर त्यहाँ देखिने कुरीतिलाई संस्कृतितिर बदल्ने काम ।

अझै पनि मेलापात जाँदा केटी फकाउने, नछुने (स्थानीय भाषामा छुई) भएको अवस्थामा पनि राति गोठमै गएर केटाहरुले केटीलाई भगाउने गरेको कुरालाई मर्मस्पर्सी तवरले देखाइएको छ । यसरी उमेर नपुग्दै भाग्दाको पीडा र बेदना एकातिर भिडियोले प्रस्ट पारेको छ भने अर्कोतिर अझै पनि रोग लाग्दा धामी झाक्रीको विश्वास गर्ने पुरातनवादी सोचलाई चिर्ने काम गरेको छ ।

काठमाडौं तथा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुका लागि भिडियोमा अभिनय गर्ने कलाकारहरुका कमी कमजोरी औल्याउने ठाउँ प्रशस्त भेटिएलान् । तर, सुदूर तथा मध्य पश्चिमका मानिसहरुले यो भिडियो एक पटक हेरे भने पक्कै प्रसंशा गर्ने छन् । वास्तवमा मुगुमा हुने आफ्नो गाउँ ठाउँको चलन तथा रीतिरिवाजलाई उनीहरुले टपक्कै टिपेका छन् भन्दा फरक पर्दैन । भिडियोमा हरिकेश आचार्य, नन्दऋषि जैसी, गंगा जैसी, पुन्नचन्द्र देवकोटा, भगवती देवकोटा, बाँचु देवकोटा, सर्जन बराल र कृष्ण शर्माको अभिनय रहेको छ । 

मुगु सांस्कृतिक तथा प्राकृतिक सम्पदाले धनी भए पनि साक्षरताका हिसावले निकै पछि छ । दूरदराजका वस्तीको अवस्था झन विकराल । यी कलाकारहरुको हकमा पनि यही कुरा लागू हुन्छ । उनीहरु पढाईका शिशिलाका काठमाडौं पुगेपनि क्यामेरामा ‘फेस’ गरेको पहिलो पटक हो । आगामी दिनमा उनीहरुको अभिनयमा पक्कै निखारता आउनेछ । आफ्नो कला संस्कृतिलाई देश विदेशमा पु¥याउन थालेलेका यो अभियानले सार्थकता पाओस् हाम्रो यात्रा डटकमका तर्फबाट पनि शुभकामना ... । 
कर्णालीका हामी  भिडियाे यस्ताे छ 

Post a Comment

0 Comments