काठमाडौं–२ मा नेपाल र कुइँकेल मतदाताको घरमा
बलराम प्यासी
काठमाडौं, मंसिर । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको काठमाडौं–२ मा २१ मंसीरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ने हो यतिखेर सबैको खुल्दुलीको विषय बनेको छ ।

एकअर्काका प्रतिष्पर्धि रहेका वाम गठवन्धनका साझा उम्मेदवार पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र निर्वतमान सांसद एवम् लोकतान्त्रिक गठवन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता दिपक प्रसाद कुँईकेलबीच कडा प्रतिष्पर्धा हुन लागेको हो । त्यसो त सो क्षेत्रबाट विवेकशील साझा पार्टीका डा.सुर्यराज आचार्य पनि प्रतिनिधि सभा सदस्यमा उठेका छन् ।
२०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जितेर पनि काठमाडौं-२ निर्वाचन क्षेत्र छोडेका पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई घरदैलो कार्यक्रममा जाँदा अधिकाँश मतदाताले ‘फेरि यो क्षेत्र छोड्ने हो कि’ भनेर प्रश्न तेस्र्याउने गरेका छन् ।
जवाफमा नेता नेपालले यसपटक आफु काठमाडौं-२ बाट मात्रै चुनावमा उठेकोले जितेपछि कुनैपनि हालतमा सो क्षेत्र नछोड्ने आश्वासन दिँदै आएका छन् । नेता नेपालले सो ठाउँ छोडेर रौतहटको निर्वाचन क्षेत्रलाई च्यापेका थिए । उनले छोडेको काठमाडौं–२ को उपनिर्वाचनमा मतदाताले एमालेका नेता कृष्णगोपाल श्रेष्ठलाई पराजित गरी नेपाली काँग्रेसका दिपकप्रसाद कुइँकेललाई जिताएका थिए ।
त्यसो त मतदाताले उम्मेदवार नेपालसंग चक्रपथ विस्तारको कार्यलाई छिटै सक्नुपर्ने, मेलम्ची खानेपानीको पाइप विछ्याउने क्रममा खनेको सडक यथाशिघ्र कालोपत्रे गर्नुपर्ने लगायतका माग मतदाताले राखेका छन् । यसैगरि मतदाताले मनोहरा र हनुमन्ते नदी किनारको करिडोर निर्माणलाई गति दिनुपर्ने र मध्यपुर ठिमी र नरेफाँट तथा इमाडोल जोड्ने पक्की पुलको माग गर्न पनि भ्याएका छन ।

यसैगरि नेपाली काँग्रेसका नेता एवम् निवर्तमान सांसद दिपकप्रसाद कुइँकेल पनि सोमबार नै महानगरको ३२ नं वडाअन्र्तगतको जडिबुटी, पुरानो सिनामंगल, पेप्सीकोला टाउन प्लानि¨ र ९ नं वडाअन्र्गतको भिमसेनगोला, गौशाला लगायतका क्षेत्रमा घरदैलोमा व्यस्त छन । उनका साथमा सो क्षेत्रका प्रदेश सभाका सदस्य उम्म्ोदवारद्वय लोकेश ढकाल र मनहरि खड्का पनि घरदैलोमा व्यस्त रहेका छन ।
निर्वतमान सांसदसमेत रहेका लोकतान्त्रिक गठवन्धनको तर्फबाट काँग्रेसका उम्मेद्धवार दिपकप्रसाद कुइँकेलसंग भने मतदाताले २०७० सालमा चुनाव जितेर गएर गएपछि जनताकहाँ नपुगेको गुनासो गरेका छन् ।
पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकास दाहालको आइतबार हृदयघातबाट भएको मृत्युको खबर सुनेपछि लोकतान्त्रिक गठवन्धनको तर्फबाट नेपाली काग्रेसले आइतबारका निर्वाचन प्रचारप्रसार र घरदैलो कार्यक्रम स्थगित गरेको थियो ।
त्यसअघि उम्मेदवारहरु जडिबुटी, नरेफाँट, कोटेश्वरलगायतका ठाउँमा घरदैलोमा व्यस्त रहेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक एवम् महानगरको ९ र ३२ नं वडा समितिका संयोजक शिक्षित पराजुलीले बताएका छन ।
काठमाडौं महानगरको ९ र ३२ नं वडाको साथै कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ नं वडा र शंखरापुर नगरपालिकाको सबै वडाबाट गरि करीव ७७ हजार मतदाताले २१ मंसीरको चुनावमा भोट खसाल्दैछन ।
0 Comments