प्रतियोगितामा श्रिताज पाण्डे र एलिसा नेउपाने क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश ताजसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।‘ पुर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा मोडल तथा कलकार सम्बृद्धि राई, एशियाज़ नेक्स टप मोडेल अनि किङ्गफिषरका सहभागी आस्था पोख्रेल, मिस्स ग्रान्ड इन्टर्नेशनलका सहभागी श्रीजना रेग्मी, फेसन डिजाइनर विजय गौतम, मिराज रिभरसाइड भिलेजक प्रबन्धक समीर सिंह क्षेत्री, डाक्टर निर्भाना थापा, निर्णायक मण्डलमा थिए ।

नेपालमा पहिलो पटक आयोजित मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ मा नेपालका विभिन्न जिल्लाबाट १८ जना युवतीको सहभागिता छ । यो प्रतियोगिताको मुख्य ब्रान्ड भने पानामा सिटी छ, जसलाई नेपाल आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो । विजेता बर्ष शर्माले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै जनवरी २०१८ मा इजिप्ट जानेछन् ।
प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै अन्तरदेशीय सम्बन्ध, संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेकटर पासाङ (छेल्हमु) शेर्पाले जानकारी दिनुभयो। कार्यक्रम पी. आर. भी. इनटरटेनमेंटको व्यवस्थापनमा सम्पन्न भएको थियो । आगामी दिनमा पनि नेपाली युवाहरुको क्षमतालाई प्रस्फुटन गराई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रयासरत रहने उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेकटर रभी शाहीले बताए ।

0 Comments