Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, कार्तिक । नेपाली सेनाद्धारा सञ्चालित सैनिक अस्पताल र नेपाल प्रहरीद्धारा सञ्चालित प्रहरी अस्पताल सर्वसाधारणको लागि समेत खुला गर्नुपर्ने मन्त्रीपरिषदको निर्णय गरेको झण्डै ६ महिनापछि आइतबारदेखि प्रहरी अस्पतालले सर्वसाधारणलाई उपचार सेवा शुरु गरेको छ । 
तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको पहलमा मन्त्रीपरिषदले गत २०७४ जेठ ४ गते ती २ अस्पतालमा सर्वसाधारणले पनि उपचार सेवा पाउनुपर्ने भन्दै मन्त्रीपरिषदबाट निर्णय गराएका थिए । 
सर्वसाधारणका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा खुल्ला गरिएको उपचार सेवाको नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गरेका थिए ।
सर्वसाधारणका लागि वहिरंग सेवाको ५० रुपैयाँको टिकट लिर्नुपर्ने र सर्वसाधारणलाई जाँच्ने समय दिनको १ देखि ३ बजेसम्म व्यवस्था गरिएको अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजि) डा. दिनेशचन्द्र पोखरलेले बताए ।  
हाल अस्पतालले सर्वसाधारणको लागि आकस्मिक कक्षमा ८, भर्नाका लागि महिला र पुरुषका लागि १०।१० शै्या र पोष्ट अपरेटिभका लागि ४ शैय्या छुट्टयाएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply