Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, कार्तिक । श्वासप्रस्वास सम्वन्धी क्षयरोग, कडाखालको मौसमी रुघाखोकी, निमोनिया लगायतका रोग लागेका मतदाताले आफ्नो मत खसाल्न मतदान केन्द्रमा जाँदा अरुलाई रोग नसर्ने गरि ‘गुणस्तरीय मास्क’ लगाएर जान सरुवारोग विशेषज्ञले सुझाएका छन् ।

दुई दशकदेखि सरुवा तथा संक्रामक रोगमा अनुसन्धान गर्दै आएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख वैज्ञानिक प्रा.डा.जीवनबहादुर शेरचनले श्वासप्रस्वाश सम्वन्धी रोग लागेर त्यसको औषधि सेवन गरिरहेका मतदाताले मत हाल्न जाँदा मतदान केन्द्रमा लामवद्ध अरु स्वस्थ व्यक्तिलाई आफ्नो रोग सर्नबाट बचाउन आग्रह गरेका हुन ।
अन्य स्वस्थ मतदातालाई मात्रै नभई मतदान केन्द्रमा खटिने कर्मचारी र स्वयमसेवकहरुलाई आफ्नो रोग सर्न नदिनु विरामी मतदाताको दायीत्व पनि हो’ त्यसैले उनीहरुले आफ्नो र अरुको स्वास्थ्यप्रति मतदानस्थलमा सचेत रहनुपर्छ’ प्रा.डा.शेरचनले भने ।

मतदानको समय मंसीर अर्थात चिसो मौसममा भएकोले यतिखेर श्वासप्रस्वास सम्वन्धि रोग एकअर्कामा सजिलैसंग सर्नसक्ने उल्लेख गर्दै वैज्ञानिक डा.शेरचनले कडाखालको मौसमी रुघाखोकी (स्वाइनफ्लु), क्षयरोग, निमोनियाबाट स्वस्थ मतदातालाई सर्नबाट बचाउन स्वयम् विरामी सचेत र सर्तक हुनु जरुरी रहेको उल्लेख गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply