Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं । केही युवा व्यवसायी राजधानीलगायत मोफसलमा नयाँ मोडेलका अत्याधुनिक र सुविधासम्पन्न तारे होटेलहरु खोल्दै विदेशी पर्यटकलाई लोभ्याउँदै छन भने केही युवाहरु ऐतिहासिक महत्व बोकेका राणाका पुराना दरवारलाई मर्मत सम्भार र जिर्णाेद्धार गरेर नयाँ र आकर्षक शैलीमा होटेलको रुपमा विकास गरिरहेका छन् ।
यसै सिलसिलामा तत्कालीन श्री ३ महाराजा जुद्धशमसेरले करीव २ सय वर्षअगाडी राजधानीको गैह्ीधारा, बालुवाटारमा बनाएको दरवारलाई युवा व्यवसायीले १५ वर्षको लागि भाडामा लिएर ७ करोड रुपैयाँ लगानी गरि रोयल एम्पाएर बुटिक होटेल बनाएर शुक्रबारदेखि सञ्चालनमा ल्याएका छन् । 
ऐतिहासिक धरोहर र सम्पदा दरवार तथा पाटीपौवाहरु क्रमशः भत्किँदै र नस्ट गरिँदै गएको वर्तमान अवस्थामा युवा व्यवसायीले मौलिक संस्कृति र ऐतिहासिक दरवारलाई संरक्षण र सम्वद्र्धन गर्दै त्यसको स्वरुपलाई नबिगारी होटेलको रुपमा विकास गरिनुलाई सकारात्मक रुपमा लिइएको छ । 
जुद्धशमसेरले आफ्ना छोरा ध्रुव शमशेरलाई दिएको हुनाले सो दरवार ध्रुव दरवारको नाउँमा परिचित रहेको होटलका प्रमुख कार्यकारी अधिकृत क्षितिज मुनंकर्मी बताउँछन ।
तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरबाट छोरा ध्रुव शमशेर, ध्रुवशमशेरका छोरा मनोहर शमशेरबाट हुँदै जुद्ध शमसेरका पनाति अर्थात मनोहर शमशेरका छोरा अमर शमशेरबाट सो दरवार १५ वर्षको लागि भाडामा लिएर मर्मत सम्भार गरि दरवारलाई पुर्नजीवन दिइएको हो ।  दरवारको भित्री कोठाहरुलाई पुर्णरुपमा दरवारकै शैलीमा आधुनिक बनाइएको छ भने बाहिरी रुपलाई जस्ताको तस्तै रंगरोगन गरिएको छ । जिर्ण अवस्थामा रहेको ध्रुव दरवारलाई मर्मत सम्भार र जिर्णाेद्धार गरेपछि त्यसको रुपमा आकास जमीन फरक भएको मुनंकर्मी बताउँछन् । 
करीव ४ रोपनी क्षेत्रफलमा फैलिएको सो दरवार राजधानीमा तत्कालिन राणा शासकहरुले बनाएका अन्य दरवारहरुभन्दा अलि भिन्न प्रकृतिको छ । 
भूईतल्ला, पहिलो र दोस्रो तल्लामा गरि १५ वटा सुविधासम्पन्न पाहुना कोठाको साथै २ सय जना अट्ने सभाहल, रेष्टुरेण्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढी लगायतका करीव दुईदर्जन सेवा सुविधा उपलब्ध छन । 
सेवाशुल्क र मुल्य अभिवृद्धि कर सहित एउटा कोठाको एकरातको एकसय ५० अमेरिकी डलदेखि ३ सय डलरसम्म मुल्य रहेको सो होटेल कुनै तारे होटलभन्दा कम नभएको प्रमुख कार्यकारी अधिकृत मुनंकर्मी बताउँछन् । ‘तारे होटेल हुन ५० वटा कोठा चाहिन्छ, तर हामीसंग १५ वटा मात्रै पाहुना कोठा छन, तर ती सबै निकै उच्चस्तरका छन’ उनले भने । 
केहीवर्षअघि बबरमहलस्थित बबरशमशेरको दरवार बबरमहललाई पनि यसैगरि मर्मत सम्भार र जिर्णाेद्धार गरि बबरमहल रिभिजिटेडको रुपमा होटेल तथा रेष्टुरेण्टमा परिवर्तन गरिएको थियो । 
होटल शुभारम्भकोे तीनदिनमा राम्रो र सकारात्मक प्रतिकिया आएकोले आफुहरुलाई थप हौसला मिलेको प्रमुख कार्यकारी अधिकृत क्षितिज मुनंकर्मीले बताए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply