Ticker

6/recent/ticker-posts

छारेरोग विशेषज्ञ डा.रौशन सम्मानित

काठमाडौं, कार्तिक । मधयपुर ठिमी नगरक्षेत्रलाई कार्यस्थल बनाई मध्यपुर ठिमीका वासिन्दाको स्वास्थ्य सुधारमा उल्लेखनीय सुधार गरेकोमा नेपाल कोरिया मैत्री अस्पतालका कार्यकारी निर्देशक डा.दिपेन्द्रकुमार रौशनलाई सम्मान गरिएको छ ।

सो अस्पतालको वरिष्ठ छारेरोग विशेषज्ञ एवम् वरिष्ठ जनरल फिजिसियन समेत रहेका डा.रौशनलाई मध्यपुर ठिमीस्थित ठिमी स्वावलम्वन वचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सव तथा चपाचो सामुदायीक स्वास्थ्य केन्द्रको वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

मध्यपुर ठिमीका वासिन्दालाई लक्षित गरी नेपालमै पहिलोपटक स्वास्थ्य बीमा शुरु गर्न पहल गरेको तथा साधारण रोग लागेर पनि उपचार खर्चको अभावमा काठमाडौंका अस्पतालमा उपचार गर्न जान नसकेका विरामीहरुलाई न्युन शुल्कमा उपचार सेवा उपलब्ध गराएवापत उनलाई सम्मान गरिएको बताइएको छ ।
डा.रौशनले नेपाल कोरिया मैत्री अस्पतालमा एकवर्षको अवधिमा एकहजारभन्दा बढी छारेरोगका विरामीको सफल उपचार गरिसकेका छन् ।

Post a Comment

0 Comments