नन्दऋषि जैसी
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था घाँसी आदर्श समाज नेपाल “घाँसी नेपाल”ले सिन्धुलीको सुनकोशी गाउपालिका–३ कालीमाटीस्थित श्री विनायक निम्न माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको कामलाई पनि अघि बढाएको छ । मंगलबारबाट उक्त विद्यालयको भवन निर्माणको काम थालिएको हो ।
शिक्षाविद् तथा समाजसेवी उमेश श्रेष्ठले एक कार्यक्रमबीच उक्त विद्यालयको भवन निर्माणको शिलान्यास गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दे शिक्षाविद् श्रेष्ठलेसमाजको विकासकालागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा तन, मन र वचनले सहयोग गर्न आम सहयोगी हातहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै, शिक्षाले नै हरेक मानिसको जीवन सार्र्थक बनउने भन्दै उहाँले शैक्षिक क्षेत्रमा गरेका सहयोगले आम नागरिकको जीवनमा आमूल परिवर्तन आउने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले जबसम्म हामी शिक्षित हुदैनांै तबसम्म देश विकास नहुने तर्क गर्दै सबैको लागी शिक्षा पहिलो शर्त रहेको बताउनुभयो ।
घाँसी नेपालले विगतमा शैक्षिक क्षेत्रमा गरेका कामको प्रगति विवरण जानकारी दिँदै आगामी दिनमा पनि शैक्षिक क्षेत्रको विकासका लागि दत्तचित्त भएर लागिपर्ने बताउनुभयो ।
घाँसी नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पबाट प्रभावित भएका विद्यलय भवनहरुको पुननिर्माण कार्यलाई अभियानकै रुपमा अगाडि बढाउँदै आएको छ । विद्यालय पुनर्निर्माणका शिलशिलामा “घाँसी नेपाल”ले अहिले सम्म ६ वटा विद्यालय भवन पुनर्निर्माण गरिसकेको छ भने अन्य केही विद्यालयको भवन निर्माणको कामलाई निरन्तरता दिएको छ ।

0 Comments