Ticker

6/recent/ticker-posts

समृद्ध अछाम निमार्ण कांग्रेसबाट मात्रै सम्भव

मंगलसेन(अछाम), मंसिर । नेपाली कांग्रेस अछामका सभापति तथा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतकुमार स्वारले समृद्ध अछाम निर्माणको सपना कांग्रेसबाट मात्रै सम्भव भएको बताउनु भएको छ । 
बिहीबार अछामको चौरपाटी गाउँपालिकाको गैरिलेकमा आयोजित चुनावी सभामा सभापति स्वारले जिल्लाको विकास लागि रत्तीभर काम नगर्नेहरूले जनतासंग मत माग्ने अधिकार पनि नभएको बताउनु भयो । उहाले अछामबाट निर्वाचित भएका कम्युनिष्टहरुले पछिल्लो दश वर्ष विकासका नाममा सिन्को समेत नभाँचेको दोहो¥याउनु भयो ।

उहाँले  कांग्रेसले जितेपछि वर्षेनी कामको खोजीमा हजारौंको संख्यामा विदेशीने युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जनाका लागि दीर्घकालीन योजना लागू गरिने बताउनु भयो ।

‘हामीलाई विश्वास गर्नुहोस्, हामी तपाईंहरूको विश्वासलाई क्षय हुन दिनेछैनौ’ उहाँले अछामको तीब्र आर्थिक विकास र जनताको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै भन्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार मेघराज खड्काले चौरपाटी र साँफेबगरलाई विकासको नमुना क्षेत्र बनाइने बताउनु भयो ।

चुनावी सभामा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुवर महासमिति सदस्य राजन कुँवर, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाही, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Post a Comment

0 Comments