Ticker

6/recent/ticker-posts

वर्ल्डवाइड पृथ्वी परिक्रमा अवार्ड कस्ताे हुँदैछ ?


काठमाडौं, मंसिर । पृथ्वी परिक्रममा अवार्ड अन्तर्गत यही डिसेम्बर २६ मा बेलायतमा हुन गइरहेको ‘विश्व भ्रमण उत्कृष्ट नागरिक सम्मान–२०१७’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । गत आइतबार बेलायतको काठमाडौं–नेप्लिज कुजिन रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । 

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बेलायत संयोजक श्रेष्ठले बेलायतमा लामो समयदेखि बसेर आ–आफ्नो ठाउँबाट नेपाल र नेपालीलाई तन मन र धनले निस्वार्थ सहयोग र योगदान गर्नेहरुलाइ सम्मान ग्रहण गरिदिनुहुनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिए । सम्मान कार्यक्रम गरेरै पृथ्वीको परिक्रमा गर्ने जमर्को बोकेका गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सुवेदीको कामको प्रसंसा गर्दै उनको लगनशीलता र विश्व जगतमा नेपालको नाम उचो बनाउन थालेको उनको यात्रामा साथ दिन आफूले बेलायत कार्यक्रमको आयोजना गरेको बताए ।

यस्तो पृथ्वी परिक्रमा कार्यक्रम बाराम्बार नहुने हुँदा बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा विश्वयात्री सुवेदीले बोल्दै आफूले २१ बर्षको सकृय पत्रकारिताको शिलशिलामा १३७ औं कलाकारहरुकोको मैत्रीपूर्ण रमाइलो फुटबल आयोजनासँगै पोहिलो पटक खाडी मुलुक , एसिया  र युरोप मुलुकमा सफलतापूर्बक नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड र बल्क बस्टर नेपाली फिल्म अवार्ड सम्पन्न गर्ने सौभाग्य पाएको स्मरण गरे । योबीचमा आफूले समुन्द्री मुनि, समुद्र माथि, उडिरहेको हवाई जहाजमा समेत विभिन्न चुनौतीको सामना गर्दै अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । 

त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथाको वेश क्याम्पमा नेपाली चलचित्रको फिल्म अवार्ड सफलता पूर्वक सु–सम्पन्न गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको शक्तिपीठहरुमा राष्ट्रिय झण्डासहित देश र नेपाली जनतामा शान्ति र संमृद्धिको कामनासहित पृथ्वी परिक्रमाको अभियान शुरु गरेका हुन् । 

एक युगमा एक पटक आफ्नो विश्व भ्रमणको अवसरमा बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेसनलको ब्यानरमा आयोजनामा हुने नागरिक सम्मान कार्यक्रममा ५ सदस्य जुरिको आधारना कम्तिमा १५ र बढीमा ५१ विधामा नागरिक सम्मान प्रदान गरिने सुवेदीले जानकारी दिए । सुबेदीले हरेक वर्ष ७ वटा देश र नेपालको ३ जिल्लामा यस्तो गौरवशाली कार्यक्रम गरी आगामी २० बर्ष भित्र पृथ्वीको परिक्रमा सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

Post a Comment

0 Comments