Ticker

6/recent/ticker-posts

बेलायतमा ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ आज

काठमाडौं, ११ पुस ।  बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न हुने भएको छ । लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । विशिष्ट नागरिक सम्मानमा झण्ड तनि दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको विश्व परिक्रमा यात्री तथा चलचित्र पत्रकार आर.के. सुवदीले बताए । 
सम्मान कार्यक्रमका लागि विश्व परिक्रमा यात्री तथा नेपाल संयोज सुवेदी एक महिना अघि नै बेलायत पुगेका थिए । उनले बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठलाई कार्यक्रमका लागि सघाउँदै आएका थिए । बेलायत आयोजकले यस अघि नै पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको थियो । लामो समयदेखि बेलायतमा विभिन्न पेशा व्यवासय गरेर बेसेका आम नेपालीहरुलाई उपस्थितिका लागि आग्रह गरेको थियो । 

सम्मान कार्यक्रम गरेरै पृथ्वीको परिक्रमा गर्ने जमर्को बोकेका गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सुवेदीको कामको प्रसंसा गर्दै उनको लगनशीलता र विश्व जगतमा नेपालको नाम उचो बनाउन थालेको उनको यात्रामा साथ दिन आफूले बेलायत कार्यक्रमको आयोजना गरेको बताए । यो कार्यक्रमले विश्व यात्री सुवेदीलाई थप हौसला मिल्ने बताए । त्यस्तै यस्ता कार्यक्रमले नेपालको कला संस्कृतिको विकास विस्तारका साथै पवद्र्धनमा पनि ठूलो सहयोग मिल्ने बताए । 
यस्तो पृथ्वी परिक्रमा कार्यक्रम बाराम्बार नहुने हुँदा बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले यसअघि नै आग्रह गरेको थियो । विश्वयात्री सुवेदीले आफूले २१ बर्षको सकृय पत्रकारिताको शिलशिलामा १३७ औं कलाकारहरुकोको मैत्रीपूर्ण रमाइलो फुटबल आयोजनासँगै पोहिलो पटक खाडी मुलुक, एसियाली र युरोपेली मुलुकमा सफलतापूर्बक नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड र बल्क बस्टर नेपाली फिल्म अवार्ड सम्पन्न गर्ने सौभाग्य पाएको जनाए । योबीचमा आफूले समुन्द्री मुनि, समुद्र माथि, उडिरहेको हवाई जहाजमा समेत विभिन्न चुनौतीको सामना गर्दै अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथाको वेश क्याम्पमा नेपाली चलचित्रको फिल्म अवार्ड सफलता पूर्वक सु–सम्पन्न गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको शक्तिपीठहरुमा राष्ट्रिय झण्डासहित देश र नेपाली जनतामा शान्ति र संमृद्धिको कामनासहित पृथ्वी परिक्रमाको अभियान शुरु गरेका हुन् । 

एक युगमा एक पटक आफ्नो विश्व भ्रमणको अवसरमा बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेसनलको ब्यानरमा आयोजनामा हुने नागरिक सम्मान कार्यक्रममा ५ सदस्य जुरिको आधारना कम्तिमा १५ र बढीमा ५१ विधामा नागरिक सम्मान प्रदान गरिने सुवेदीले जानकारी दिए । सुबेदीले हरेक वर्ष ७ वटा देश र नेपालको ३ जिल्लामा यस्तो गौरवशाली कार्यक्रम गरी आगामी २० बर्ष भित्र पृथ्वीको परिक्रमा सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

Post a Comment

0 Comments