Ticker

6/recent/ticker-posts

चितवनमा बुर्लाकोटीको पक्षमा जनलहर उर्लियो

चितवन, १७ मंसिर । प्रतिनिधि सभामा चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीको पक्षमा जनलहर उर्लेर आएको छ ।
उहाँको प्रचार अभियान जुन नगर र गाँउको वडावडमा पुग्छ, त्यही मानिसको ठूलो भीड लाग्ने गरेको छ । शनिवार बुर्लाकोटीले पूर्वी चितवनको रत्ननगरका विभिन्न वडाहरुमा घरदैलो तथा कोण सभा सम्पन्न भएका छन् । घरदैलो तथा कोण सभा कार्यक्रममा बुर्लाकोटीलाई टोल टोल बाट स्थानीयहरुले भब्य स्वागत गरेर चुनावी अभियानमा साथ दिएका छन् ।
शनिवार रत्ननगर नगरपालिकाको वडा नं ५ तरौलीमा आयोजित कोण सभा कार्यक्रममा बुर्लाकोटीलाई स्थानिय थारु समुदायले थारु नाच समेत देखाएर स्वागत गर्दै चुनावी अभियानलाई रोमाञ्चक र आकर्षक बनाएका थिए । चुनावी अभियानमा स्वःफूर्त रुपमा आएका थारुहरुले थारु भाषाबाट नै भोट समेत मागेर कांग्रेस उम्मेद्वार बुर्लाकोटीलाई जिताउन अपिल गरेका थिए ।
कोण सभामा प्रदेश सभा (ख)का उम्मेद्वामर उत्तम आचार्य लगायत विभिन्न स्थानीय काँग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित थियो ।
प्रचारका क्रममा कलाकार बालचन्द्र बरालले घरदैलो तथा कोण सभाहरुका गीत गाएर स्थानीयहरुलाई छमछम नचाउनुभएको थियो ।
कोण सभामा बोल्दै बुर्लाकोटीले चितवन १ मा नेपाली कांग्रेसको जित सुनिश्चित भैसकेकोले ढुक्क भएर रुखमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले आफूले भ्रष्टचारमुक्त र सदाचारयुक्त, दक्ष, प्रभावकारी नागरिक मैत्री प्रशासनिक व्यवस्था बनाउने र स्वच्छ  र गुणस्तरयुक्त समाज बनाउने प्रतिबद्घता जाहेर गर्नुभयो ।
उहाँले नेपाली जनताले कर तिरेर आएको रकमले कम्युनिष्ट नेताहरुले गुणस्तरहिन काम गरेकोे आरोप लगाउनुभयो । काँग्रेसकै योजनामा अरुले काम गर्दा पनि गतिलो काम नगरेको भन्दै उहाँले गुणस्तरयुक्त काम गर्ने बचन दिनुभयो ।
उहाँले एमालेका नेताहरुले संसद विकास कोषमा ३ करोड रुपैया १० लाखको दरले  बाँडेर ५ लाखको काम गरी  ५ लाख बिल मिलाएर पार्टीको कोषमा लगेको आरोप पनि लगाउनुभयो । कार्यक्रममा प्रदेश सभा ९ख० का उम्मेद्वार उत्तम आचार्यले विकासको जग काँग्रेसले थालेको उल्लेख गर्दै विकासलाई गतिदिन प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक सबैमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।

Post a Comment

0 Comments