Ticker

6/recent/ticker-posts

काठमाडौं १ मा कांग्रेसले जितिसक्यो, विधिमात्र बाँकीः नेता सिंह

काठमाडौं, मंसिर ।  दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा चुनाव आउँन चार दिनमात्र बाँकी रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई झन तीव्र बनाएका छन् । अन्य ठाउँमा भन्दा यतिबेला काठमाडौंको पनि क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धालाई सबैले चासोको रुपमा लिएका छन् । काठमाडौं १ मा बलिया उम्मेदवार नेपाली कांग्रेसबाट प्रकाशमान सिंह चुनावी मैदानमा छन् भने उनको प्रमुख प्रतिस्पर्धीका रुपमा विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्र मैदानमा छन् । मिश्रले चुनावी प्रचार प्रसारलाई तीव्र बनाइरहेका बेला बलिया उम्मेदवार प्रकाशमानले भने काठमाडौं १ मा आफ्नो सहज जित रहेको दाबी गर्दै आएका छन् ।
यसैबीच आइतबार नेपाली कांग्रेसले काठमाडौंको बानेश्वरमा विशाल चुनावी सभा गर्ने भएको छ । नेपाली काग्रेस क्षेत्र नं–१ काठमाडौंको विशाल चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिहं एवं प्रखर वक़्ता क्षेत्र नं–४ बाट प्रतिनिधिका सभाका उम्मेदवार गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि दैनिक घरदैलो अभियना सक्रिय रहेर आम मतदाताको मन र मत बटुलेका कांग्रेस उम्मेदवार सिंहले काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसले चुनाव जितिसकेको र विधि पुर्याउन मात्र बाँकी रहेको बताएका छन् ।
नेपाली कांग्रेस बौद्धिक तथा व्यवसायिक चुनाव प्रचारप्रसार समितिले काठमाडौंको बानेश्वरमा शनिबार आयोजना गरेको बौद्धिक व्यवसायिक भेलालाई संबोधन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
“काठमाडौंका प्रबुद्ध मतदाताले चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारहरुको विगत,वर्तमान, कार्यक्षमता, दक्षता, योग्यता र भविश्यमा गर्न सक्ने कामका बारेमा मूल्यांकन गरिसकेका छन्” नेता सिंहले भने,“चुनाव कांग्रेसले जितिसक्यो, विधि पुर्याउन मात्र बाँकी छ, मंसिर २१ गतेको निर्वाचन परिणामले नै देखाउछ ।”
नेता सिंहले नेपाली कांग्रेसका उम्मेदवार अरु पार्टीका उम्मेदवार भन्दा धेरै अगाडि भएको उल्लेख गर्दै निर्वाचन प्रचार अभियानका क्रममा मतदाताले राखेका गुनासोलाई आफूले राम्रोसंग सुनेका र जनताकालागि अरु बढी काम गर्ने उत्साह र उमंग लिएर आएको उल्लेख गरे।उनले यो निर्वाचनमा नेपाली जनमत लोकतन्त्रको पक्षमा आउने र जसको नेतृत्वमा संविधान आयो कार्यान्वयनको जिम्मा पनि त्यसैलाई दिनुपर्ने आवश्यकतालाई नेपाली जनताले बुझिसकेको बताए ।
उनले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यो गरेरै देखाउने क्षमता रहेको उल्लेख गर्दै भने,“२००६ सालमा बैरगनिया सम्मेलनबाट राणाशासनको अन्त्य गर्न सशस्त्र आन्दोलन गर्ने निर्णय भयो, २००७ सालको क्रान्तिले राणा शासन ढालियो ।”

उनले २०४६ सालको जनआन्दोलनको चर्चा गर्दै भने,“हाम्रै निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनले पञ्चायती तानाशाहीका विरुद्धमा आन्दोलन गर्ने निर्णय गर्‍यो र आन्दोलनले पञ्चायत ढालेर बहुदलीय व्यवस्था पुनस्थापना गर्‍यो ।” स्थापनाकालदेखि नै नेपाली कांग्रेसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्रको स्थापना गर्न र देशलाई विकास तथा समृद्धिको मार्गमा लैजान गर्व गर्न लायक काम गरेको उल्लेख गरे।

Post a Comment

0 Comments