काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि जारी राखेको छ ।
समानुपातिक तर्फको मतगणनाका क्रममा एमालेले नै अग्रता कायम गरेको छ । समानुपातिक तर्फको पछिल्लो मत परिणाम अनुसार २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ । जसमा प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले नै अग्रता लिएको छ । अहिलेसम्म एमालेले ९ लाख ३५ हजार २ मत पाएको छ भने कांग्रेसले अहिलेसम्म ८ लाख ७७ हजार ७ सय ७० मत पाएको छ ।
तेस्रो स्थानमा रहेको माओवादीको मत ३ लाख ८५ हजार ३ सय छ । ६४ हजार ८६ मतसहित संघीय समाजवादी फोरम चौथो स्थानमा छ । पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीले ५३ हजार २८ मत पाएको छ । राप्रपा ४८ हजार ३ सय ७६ मतसहित छैठौं स्थानमा छ । मधेसकेन्द्रीत दल राजपाको मत ४२ हजार ४ सय ८४ छ भने नयाँ शक्तिको मत ३१ हजार ५५ छ । समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत भोट ल्याउने दलले सांसद पठाउन सक्छन् ।
0 Comments