पाल्पा, १७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि तथा निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य चन्द्र बहादुर कुंवरले जनताको आर्थिक विकासका एजेण्डा नेपाली काँग्रेसले उठाउदै आएको बताएका छन् ।

नेपाली काँग्रेसकोे नेतृत्वमा मुलुकमा आर्थिक विकासले गति लिएको भन्दै नेपाली काँग्रेसको नेतृत्व आएको खण्डमा अबको ५ वर्षमा देशमा आर्थिक विकासले चरम फड्को मार्ने बताए । शनिवार तानसेनको बौगागुम्बा, बौगापोखराथोक र अर्गालीमा नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गदै कुुंवरले जनताको आर्थिक एजेण्डा नभएका दलहरु जनताका प्रतिनिधिहरुले बनाएको संविधानको मर्म विपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेकाले जनताले कम्युनिष्टलाई विश्वास नगर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार हरि प्रसाद नेपालले आफुले निर्वाचन जितेर गए पछि यस क्षेत्रका जनताको आर्थिक विकास र संविधान निर्माणमा सक्रिय भुमिका खेलेको बताए । उम्मेदवार नेपालले आफ्नो उम्मेदवारी गाँउको विकासका लागी भएको बताएका छन् । नेपालले आफु ०७० मा निर्वाचित भएर गए पछि पुरा गर्न नसकेका अधुरा योजना पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले गा्रमीण क्षेत्रको विकासका लागी नेपाली काँग्रेसले निर्वाचन जित्नु अपरिहार्य रहेको बताएका छन् । सदस्य पन्तले एमालेले जिल्लामा विकास निर्माणका कुरा गरे पनि जिल्लामा कुनै पनि विकासका कामले गति लिन नसकेको भन्दै जिल्लाको एकिकृत विकास का लागि नेपाली काँग्रेसलाई मत दिन मतदाता समक्ष आग्रह गरेका छन् । प्रदेश सभा क्षेत्र नम्वर २ क का उम्मेदवार माधव नेपालले लोकतन्त्रमा सवै वर्ग र समुदायको अस्तित्व कायम रहने भएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई साथ दिन मतदातालाई आग्रह गरे ।
उम्मेदवार नेपालले नेपाली काँग्रेस लोकतान्त्रीक र विकास प्रेमी पार्टी भएको पनि बताएका छन् । उनले भने पाल्पा जिल्ला आर्थिक विकासको संभावना भएकोले जिल्लाको समग्र आर्थिक विकासको उत्थानका लागी आफ्नो उम्मेदवारी रहेको पनि बताए ।
सभामा महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सेना , पार्टी जिल्ला सचिव अजयमान कर्मचार्य , नेपाल दलित संघका जिल्ला सभापति लक्ष्मण हिताङ्ग , अर्गेली नेपाली काँग्रेसका वडा सभापति कमल राना, जुद्धविर सोमै, ददिराम न्यौपाने लगायतले बोल्दै जिल्लाको समग्र आर्थिक विकास र जनताका अधिकार सुनिश्चितका लागी नेपाली काँग्रेसका उम्मेदवाहरुलाई बहुमतले विजयी बनाउन आग्रह गरेका छन् ।
0 Comments