Ticker

6/recent/ticker-posts

पूर्व युवराज्ञीबाट नर्भिकमा अत्याधुनिक एमआरआई र सीटी स्क्यान शुभारम्भ

काठमाडौं, पुस ।  नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीले बुधबारदेखि मुटु, पेट, नशालगायत शरीरका विभिन्न अंगमा लागेको रोग पत्ता लगाउने अत्याधुनिक र सुविधासम्पन्न विशिष्टस्तरको एमआरआई र सिटीस्क्यान सेवा शुरु गरेको छ ।

राजधानीका अन्य अस्पतालमा रहेका एमआरआई र सिटीस्क्यान मेशीनभन्दा थप सुविधा सम्पन्न विश्वकै उत्कृष्टमध्येको एक रहेको दावी गरिएकोको ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान सेवाको पुर्व युवराज्ञी हिमानी शाहले बुधबार एक समारोहका वीच उद्घाटन गरीन । साथै उनले सो सेवाको अवलोकन पनि गरीन । कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरीले पुर्वयुवराज्ञी शाहलाई अस्पतालको तर्फबाट उपहार प्रदान गरे ।

सो सेवा शुरु गरिएपछि नर्भिक अस्पताल बुधबारदेखि पूर्णतया न्यूक्लियर मेडिसिन सेन्टरको रुपमा परिणत भएको अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्यले बताइन । ‘यो मेशीनबाट रोग पत्ता लगाउने क्रममा विरामीलाई कुनै किसीमको असुविधा हुँदैन’ प्रवन्ध निर्देशक शाक्यले भनीन ।

उनले अस्पतालले अन्तराष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध गराउँदै आएको दावी गर्दै अस्पतालमा थप ५ वटा अन्तराष्ट्रियस्तरको अपरेटिंग सुइट्स थप्ने बताउँदै २०० शैय्या थप गर्ने पनि बताइन । यसको साथै अस्पतालले विशिष्टीकरण सेवासहित कार्डियोलोजी सेण्टर, डाइजेष्टिभ डिजि सेण्टर, मदर एण्ड चाइल्ड सेन्टर, पल्मोनरी सेन्टर, ट्रमा केयर सेण्टर र आइभिएफ सेन्टर पनि सञ्चालनमा ल्याइने बताइन ।

त्यसअवसरमा अस्पतालले लक्ष्मी बैंकसंग मिलेर सञ्चालनमा ल्याएको नर्भिक प्रिभिलेज डेविट कार्ड को पनि सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा उपचारका लागि आउने विरामीको सहजताको लागि ल्याइएको सो डेविट कार्डबाट विारमीले विभिन्न छुट पाउनसक्ने बताइएको छ ।

अस्पतालको मेडिकल डाइरेक्टर तथा नशारोग विशेषज्ञ डा. पंकज जलानले बधबारदखि सञ्चालनमा आएको एमआरआई र सीटीस्क्यान मेशीनको विशेषताबारे प्रकाश पारेका थिए ।

सो अस्पतालको सद्भावना दूत एवम् वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले उपचारको नाउँमा वर्षेनि बाढीजस्तै विदेशमा ओइरिने खर्चलाई नर्भिक अस्पतालको गुणस्तरीय उपचार सेवाले रोकेको बताए ।

त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले स्थापनाको २५ वर्षमा नर्भिक अस्पताल सुलभ र गुणस्तरीय उपचार सेवाको लागि पर्याय भएको बताए ।

Post a Comment

0 Comments