काठमाडौं, मंसिर । पछिल्लो समय उपत्यकाका विभिन्न ठा“उमा बम भेटिएको घटनाले सर्वसाधारणमा त्रास फैलिएको छ भने सुरक्षा व्यवस्था माथि प्रश्न खडा भएको छ । सोमबार विहान काठमाडौंको भिआइपी क्षेत्र बालुवाटारमा बम फेला परेसंगै बालुवाटार क्षेत्र तनावग्रस्त बन्यो ।
बेवारिसे अवस्थामा राखिएको झोलामा शंकास्पद बस्तु भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले विहानै देखि सुरक्षा घेरामा राखी सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको थियो । बम भएको आशंकामा सेनाको डिस्पोजल टोली सहितले निष्कृय पारेको थियो । पछिल्लो समय उपत्यका लगायत देशभर नै बम आक्रमण तथा आतंक बढ्दो छ । तर घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
यता लुकीछिपी भएका यस्ता घटनाको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । उच्च सुरक्षा व्यवस्था रहको स्थानमै बम भेटिएको घटनाबाट सुरक्षा व्यवस्थाप्रति शंका पैदा भएको छ ।
यसैकबीच, निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ । गृहमन्त्रालयले उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको विस्फोट तथा आपराधिक घटनाको मन्त्रालय कडा भत्र्सना गरेको छ । त्यस्तै, विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ । मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको सन्दर्भमा भयरहित वातावरणमा उत्साहजनकरूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

0 Comments