काठमाडौं, पुस । काठमाडौंको पुर्वी नाकाको रुपमा परिचित कोटेश्वर र आसपासका क्षेत्रलाई मदिरामुक्त बनाउने अभियानमा सोमबारदेखि नेपाल प्रहरी जुटेको छ ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक राजु लामाको नेतृत्वमा सोमबार महानगरको जडिबुटी र नरेफाँटका सम्पूर्ण खाजा, खाजा पसलका साथै भट्टीहरुमा छापा मारेर त्यहाँबाट करीव ६ सय ५० लिटर अवैध घरेलु मदिरा वरामद गरेको थियो । वरामद गरेको अवैध मदिरालाई आवश्यक कानुनी प्रकृया पुरा गरि ढलमा नष्ट गरिएको थियो ।
लायन्स क्लव अफ काठमाडौं मिडसिटीका अध्यक्ष समाजसेवी सुनिल केसीलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा सो मदिरा नष्ट गरिएको हो ।
जहाँपनि पाइने यस्ता खुला मदिराका कारण स्थानीय टोलमा सँधै झैझगडा हुनुको साथै अपराधका घटनामा बृद्धि हुन थालेपछि नेपाल प्रहरीको निर्देशन बमोजिम अवैध घरेलु मदिरा वरामद गरि नष्ट गर्ने अभियान शुरु गरिएको प्रभाग प्रमुख प्रहरी निरीक्षक लामाले बताए ।
खुला मदिरा विक्री गर्ने खाजा पसल र भट्टी पसलेहरुलाई पहिलोपल्ट चेतावनी दिएको र दोस्रोपटक फेरी विक्री गरेको पाइएमा उनीहरुलाई पक्राउ गरि कानुन बमोजिम कारवाही अगाडि बढाइने प्रहरी निरीक्षक लामाले बताए ।
निरीक्षक लामाका अनुसार आफ्नो प्रभागअन्तर्गत पर्ने ३२ वडाभरीका खाजा पसल र भट्टीहरुमा खुलारुपमा विक्री गरेका मदिरा नष्ट गरि वडालाई मदिरामुक्त क्षेत्र बनाइने बताए । शिलवन्दी मदिरा पनि लाइसेन्स अनुसार विक्री वितरण गरिए नगरिएको अनुगमन शुरु गरिएको पनि उनले बताए ।
0 Comments