
यसैगरी २ महिनाअघि काठमाण्डाैं विश्वविद्यालय धुलिखेलले लिएको एमबिबिएस प्रवेश परीक्षामा पनि उनले ९१ दशमलव १४ प्रतिशत अंक ल्याएर सो विश्वविद्यालयमा दोस्रो भएका थिए ।
त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालय गरी दुवै विश्वविद्यालयमा छात्रवृत्तिमा अध्यनको लागि दोस्रो नम्बरमा नाम निस्केपछि कुन विश्वविद्यालयमा एमबिबिएस पढ्ने भन्ने उनी दोधारमा परेका छन् । ‘मेरो पहिलो प्राथमिकता त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज क्याम्पसमा हुनेछ’ उनले भने ।
गत असोज २८ गते सञ्चालित आइओएमको एमबिबिएस प्रवेश परीक्षामा अनियमितता भएको पाइएपछि सो परीक्षा स्थगित गरी करीव २ महनापछि मंसीर १६ गते पुनः प्रवेश परीक्षा लिइएको थियो । पहिलोपटकमै उच्च अंकका साथ निरन्जन उतिर्ण भएका थिए ।
कोटेश्वरको क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर (सिसिआरसी कलेज) बाट यसैवर्ष विज्ञान विषयमा ८६ दशमलव ८ प्रतिशत अंक हासिल गरेका निरन्जन एमबिबिएसको प्रवेश परीक्षामा त्रिभुवन विश्वविद्यालय र काठमाणैं विश्वविद्यालयमा सर्वाेत्कृष्ट अंक हासिल गर्ने संभवतः भक्तपुर जिल्लाकै पहिलो मेधावी विद्यार्थी हुन् ।
विद्यालयस्तर देखिनै कक्षामा पहिलो हुँदै आएका निरन्जनले २०७१ को प्रवेशिका परीक्षामा ८८ दशमलव २५ अंक हासिल गरेर उनी पढेको विद्यालयमा सर्वाेत्कृष्ट भएका थिए ।
हाल जडिबुटी नरेफाँटमा बस्दै आएका निरञ्जन विभिन्न समयमा विभिन्न संघसंस्थाद्धारा आयोजित हाजीरीजवाफ प्रतियोगितादेखि खेलकूदमा समेत पहिलो पुरस्कार जितिसकेका छन् ।
0 Comments