काठमाडौं, मंसिर । पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २० सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताका लागि करिना दाहाल, बतीसा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, सुस्मा राई र सुरक्षा सिंहलाई टोलीमा समावेश गरिएको छ । यस्तै, सरस्वती हमाल, प्रिती राई, अस्मिता चौधरी, मुना मगर, निकिता ठोकर, सबिता राना मागर, सुस्मा जिटि, अंजली चन्द, अस्मिता रानपाल, निकिता धमला, सुप्रिया रजक, रिया बानु र अस्मिता गुरुङ पनि टोलीमा परेका छन् । चार टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष २ स्थानमा रहने टोली फाइनलमा पुग्नेछ । नेपालले पुस २ गते बंगलादेशसँग, ४ गते भारतसँग र ६ गते भुटानसँग खेल्ने छ ।
0 Comments