काठमाडौं, मंसिर । सरकारले याक चिजलाई अर्गानिक प्रमाणपत्र दिएको छ ।
याक चिजको उत्पादनलाई बढावा दिन सोमबार एक कार्यक्रमका बीच दुग्ध विकास संस्थानले याक चिजलाई अर्गानिक प्रमाणपत्र दिएको हो । याक चिजको उत्पादनलाई बढाउने उद्देश्यले अर्गानिक प्रमाणपत्र दिइएको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक डा. इश्वरीप्रसाद अधिकारीले जानकारी दिनु भयो । नेपालमा हाल प्रतिवर्ष ५५ हजार किलो याक चिज उत्पादन हुने गरेको छ । शेर्पा समुदायले हिमाल चढ्ने पेशा अंगाल्न थालेपछि याक चिजको उत्पादन घट्दै गएको हो ।
४० को दशकमा नेपालमा १ लाख २५ हजार प्रतिवर्ष याक चिज उत्पादन हुने गर्दथ्यो । तर हाल आएर शेर्पाहरुले चौंरी पालन व्यवसाय छाडेसँगै याक चिजको उत्पादन घट्दै गएको संस्थानले जनाएको छ । विश्व बजारमा नेपाली याक चिजको ठूलो माग रहँदै आएको छ ।

0 Comments