काठमाडौं, १६ माघ । सिरहाको गोलबजार नगरपालिका–६ स्थिति सुदिर इन्टरप्राइजेजमा गएराति आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट उक्त कम्प्युटर पसरलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आगलागीबाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति १ बजेबाट लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र लाहान नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
0 Comments