Ticker

6/recent/ticker-posts

घुस लिँदै गर्दा वन रक्षक अख्तियारको फन्दामा

सुर्खेत, १५ माघ । जिल्ला वन कार्यालय सुर्खेतमा कार्यरत वन रक्षक हरिलाल राना क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ९८ हजार रुपैयाF लिFदै गर्दा वन रक्षक राना क्षेत्रीलाई अख्तियारले सोमबार गुर्भाकोट–७ विसी होटलबाट रंगेहात पक्राउ गरेको हो । 

पक्राउ परेका राना क्षेत्रीले गुर्भाकोट नगरपालिका–ं६, नक्कले भन्ने स्थानबाट वन कार्यालयले नियन्त्रणमा लिएको ६७.९ क्यूफिट सालको काठ र २.५८ टुनीको अबैध काठको मुद्धा मिलाई दिने भनेर सेवाग्राहीसँग घुस मागेका थिए । राना क्षेत्रीले घुस नदिए मुद्दा चलाउने धम्की सेवाग्राहीलाई दिएपछि अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तिायारले राना क्षेत्रीलाई घुसको रकमसहित नियन्त्रणमा लिए थप अनुसन्धान शुरु गरिएको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments