Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले दिएको नयाँ जिम्मेवारीले आफूलाई गौरवान्वित र गम्भीर बनाएको प्रतिक्रिया दिएका छन्। महाधिवेशनको दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी शर्मालाई दिएका हुन्।
कांग्रेस प्रवक्ता नियुक्त भएसँगै शर्माले राष्ट्रव्यापी रुपमा कांग्रेसले भोगेको पराजयपछि नयाँ सम्भावनाको खोजी गर्ने सन्दर्भमा आफूले पाएको जिम्मेवारीलाई सतर्कता र धैयतापूर्वक निर्वाह गर्ने बताए ।  ‘राष्ट्रव्यापी रुपमा पराजयपछि पार्टीले नयाँ सम्भावनाको खोजी गर्दैछ,’ शर्माले भने, ‘यसकै जगमा टेकेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु।’
प्रवक्ताको जिम्मेवारीसँगै पार्टीका राम्रा कामलाई बाहिर ल्याउने र अस्पष्टतालाई चिरेर जाने कुरामा आफूले भुमिका खेल्ने शर्माको भनाइ छ। ‘नयाँ जिम्मेवारीसँगै रुपान्तरिक भएर बोल्नुपर्छ भन्ने लाग्दैन, हिजो पनि मैले राख्दै आएको कुरा पार्टीको धारणा थियो, अब मैले बोल्ने कुरा व्यक्ति मात्र नभएर संस्थासँग जोडिनेछ,’ शर्माले भने।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply