काठमाडौं, माघ । नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म एकछत्र राज गर्ने नायकको रुपमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल पछि दयाहाङ राई लाई लिन सकिन्छ । चलचित्र कबड्डीमा मौलिक अभिनय गरेर चर्चामा आएका दयालाई थुप्रै निर्माताहरुले आफ्नो चलचित्रमा अनुवन्धित गरे । तर, अहिले विस्तारै उनको स्टारडम खस्किँदो अवस्थामा पुगेको छ ।
यसका पछाडि उनले आफ्नो अभिनय यात्रा एकै नासको गर्नु र जस्तो पायो त्यस्तै चलचित्रमा खेल्नुको पनि एक कारण हो । बक्स अफिस कारोबारलाई हेर्ने हो भने दयाहाङको कबड्डी र त्यसको सिक्वेल कबड्डी –कबड्डी मात्र सफल भएका चलचित्र हुन् । लुट र लुट–२ को सफलतामा उनी जोडिन सक्दैनन् । कारण लुट चलचित्र सम्वाद र सौगात मल्लको सम्वाद, चलचित्र क्षेत्रमा ल्याएको नयाँपनका कारण चलचित्र चलेको थियो । त्यसपछि उनले अभिनय गरेका अधिकांश चलचित्रहरुले सफलता हात पारेको देखिदैन ।
त्यसैगरी दयहाङसँगै जमेकी नायिका प्रियंका कार्की अवस्थामा पनि उस्तै छ । उनले पहिलो पटक अभिनय गरेको चलचित्र थ्री लभरदेखि बटर फ्लाईसम्म आइपुग्दा आम दर्शकलाई एउटै छाप दिने चलचित्र दिने चलचित्र दिएको कारण मात्र नभइ आफ्नै व्यक्तिक हर्कतका कारण पनि उनी दर्शकबाट टाढिदै गएकी छिन् । खडेरी लागेको नायिकको बजारमा प्रियंका कार्कीका चलचित्र वडा नं. ६, छक्का पञ्जा, छक्का पञ्जा २, नाइ नभन्नु ल–३ लगायतका चलचित्रहरुले बक्स अफिसमा सफलता हात पारे पनि यो सफलता उनको भूमिका मात्रै महत्वपूर्ण देखिदैन । उनको विकल्पमा अन्य नायिकाहरु नदेखिएका कारण निर्माताको नजरमा त परिन् तर उनलाई अहिले दर्शकले पत्याउन भने छाडेको अवस्था देखिन्छ ।
पछिल्लो पटक प्रदर्शनमा आएका यी दुई कलाकारको अभिनय रहेको चलचित्रले पनि यस्तै अवस्था देखाएका छन्् । अहिले बजारमा दयाहाङको चलचित्र मिस्टर झोले प्रदर्शन भइरहेको छ भने अर्को तर्फ प्रियंकाको बटर फ्लाई चलचित्र प्रदर्शन भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका दुबै चलचित्रहरुलाई मुलुकभर दर्शकले रुचाएको पाइँदैन । सबै हलहरुमा बटरफ्लाईभन्दा केही हदसम्म मिस्टर झोले चलचित्रको कारोबार माथि देखिएता पनि तुलनात्मक रुपमा निर्माताको लगानि, कम्पनी र कलाकारको स्टारडम अनुसार व्यापार निकै न्यून रहेको पाइएको छ ।
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’को ओपनिङ सुखद रहेको वितरक दाबी गरेता पनि हल व्यवासायीहरुले जाडोका कारण दर्शक नआउको बताएका छन् । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा ६० प्रतिशत अकुपेन्सी रहेपनि दिउँसो र साँझको शोमा फिल्मलाई ८० प्रतिशत अकुपेन्सी मिलेको जानकारी दिए ।
नायक दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लाग्नुपर्ने हो तर त्यो अवस्था देखिदैन । राजधानीका ठूला मानिने सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, कलंकीमा लगायतका हलमा चलचित्र प्रदर्शनमा आएको छ । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । रामबाबु गुरुङको लेखन र निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसैबीच शुक्रबार बाटै प्रदर्शमा आएको चलचित्र ‘बटरफ्लाई’मा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।
0 Comments