काठमाडौं, १५ माघ । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उमेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार २ बजेसम्म उमेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उमेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिष्पर्धामा रहेका उमेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।

0 Comments